
शुक्रवार , माघ २३, २०७७
नवलपरासी, २३ माघ ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध पश्चिम नवलपरासीमा जारी खोप अभियान अन्तर्गत बिहीबार २ सय ४० जनालाई खोप लगाइएको छ । तीमध्ये परासी जिल्ला कारागारमा रहेका ३२ महिलासहित १ सय ९६ जना कैदीबन्दीलाई समेत खोप लगाइएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।
कारागार पनि संक्रमणको उच्च जोखिमको स्थान भएकाले बिहीबार कारागारमै पुगेर स्वास्थ्यकर्मीको टोलीले खोप लगाएको पोखरेलले बताए ।
बिहीबार नै पृथ्वी चन्द्र अस्पतालमा रहेको खोप केन्द्रमा पनि ४४ जनालाई खोप लगाइएको छ । ४ जना सुरक्षाकर्मी, ३४ जना स्वास्थ्यकर्मी, ३ जना स्वास्थ्य कार्यालयमा खटिने सहयोगी र कर्मचारी, १ जना महिला स्वास्थ्य स्वंयसेविका र २ जना सरसफाईकर्मी गरी एकै दिन २ सय ४० जनालाई खोप स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा हालसम्म १ हजार १ सय २ जनालाई खोप प्रदान गरिसकिएको र अब ५० डोज मात्र खोप बाँकी रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पोखरेलले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij