images

मंगलवार, बैशाख २५ गते २०८१

उपमन्त्री वाङ र उपाध्यक्ष डा.लामाबीच भेटवार्ता, चिनियाँ पर्यटक लुम्बिनी भित्र्याउन आग्रह

उपमन्त्री वाङ र उपाध्यक्ष डा.लामाबीच भेटवार्ता, चिनियाँ पर्यटक लुम्बिनी भित्र्याउन आग्रह

images
images
images
शुक्रवार, मंसिर २९ २०८०
शुक्रवार, मंसिर २९ २०८०
  • उपमन्त्री वाङ र उपाध्यक्ष डा.लामाबीच भेटवार्ता, चिनियाँ पर्यटक लुम्बिनी भित्र्याउन आग्रह

    भैरहवा, २९ मंसिर ।
    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) र चिनियाँ उपमन्त्री वाङ रूईजुनबीच शुक्रबार लुम्बिनीमा भेटवार्ता भएको छ । भेटमा बुद्ध जन्मस्थल लुम्बिनीको सन्दर्भमा सहकार्य, बुद्ध शिक्षाको प्रवद्र्धन र पर्यटन विकासका सन्दर्भमा छलफल भएको छ । 

    images
    images
    images

    भेटमा कोषका उपाध्यक्ष डा. लामाले धार्मिक र साँस्कृतिक आदानप्रदानसँगै लुम्बिनीमा चिनियाँ पर्यटक भित्र्याउनका लागि चिनियाँ उपमन्त्री वाङसँग आग्रह गरे । उपाध्यक्ष डा.लामाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहजीकरण एवं चिनियाँ पर्यटक भित्र्याउन चीनको ग्वान्दोङ विमानस्थलबाट हवाई उडानका लागि उपमन्त्री वाङसँग प्रस्ताव गरेका छन् ।

    भेटमा लुम्बिनीको विकास र गुरुयोजना, बौद्ध धर्म र समग्र नेपालको धार्मिक सांस्कृतिक एवं सामाजिक विषयमा चीन सरकारसँग सहकार्यका विषयमा समेत छलफल भएको थियो । 

    साथै उपाध्यक्ष डा. लामाले नेपाल एउटा सार्वभौम सम्पन्न देश भएको भन्दै दुई देशबीच धार्मिक, साँस्कृतिक एव सामाजिक साझेदारी सहितको मित्रवत सम्बन्ध राख्न चाहेको बताए ।

    लुम्बिनी बुद्धको पवित्र जन्मस्थल भएको भन्दै यो बौद्धमार्गीहरुको साझा सम्पत्ति भएको कारण लुम्बिनीको समग्र विकासको निम्ति सहयोगको आग्रह समेत गरे । 

    उक्त अवसरमा उपमन्त्री चिनियाँ उपमन्त्री वाङ रूईजुनले चिनियाँहरुलाई बुद्ध जन्मस्थल लुम्बिनी जानका लागि वातावरण बनाउने र गौतबुद्ध विमानस्थलमा उडानका सन्दर्भमा पनि छलफल गर्ने बताए । उनले लुम्बिनीको विकास, संरक्षण र धार्मिक साँस्कृतिक सहकार्यका लागि आफुहरु सकरात्मक रहेको बताए । ग्वान्दोङ चीनको उच्च जनघनत्व र बौद्धमार्गीहरु रहेको प्रान्त भएकाले त्यहाँका पर्यटकलाई लुम्बिनी ल्याउने प्रतिबद्धता समेत उनले जनाए । 

    भेटमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ निर्देशक ज्ञानिन राई, नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाको उपस्थिति रहेको थियो । 

    चिनियाँ कम्यूनिष्ट पार्टीका स्थायी सदस्य समेत रहेका उपमन्त्री रुइजुनसहितको प्रतिनिधि मण्डलले लुुम्बिनीस्थित मायादेवी मन्दिरको भ्रमण समेत गरेका छन् । भ्रमणका क्रममा बुद्धजन् मस्थल लुम्बिनीका बारेमा वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी गराएका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij