images

बुधवार, बैशाख २६ गते २०८१

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनका लागि राज्य गम्भिर हुनुपर्छ : महेन्द्र यादव

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनका लागि राज्य गम्भिर हुनुपर्छ : महेन्द्र यादव

images
images
images
शुक्रवार, मंसिर २९ २०८०
शुक्रवार, मंसिर २९ २०८०
  • गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनका लागि राज्य गम्भिर हुनुपर्छ : महेन्द्र यादव

    भैरहवा, २९ मंसिर ।

    images
    images
    images

    जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य महेन्द्र यादवले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनका लागि राज्य गम्भिर हुनुपर्ने बताएका छन् । उनले विमानस्थल सञ्चालनमा आए सबैले निकास पाउने बताए ।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै विमानस्थलको प्रवेशद्वार अगाडि जारी राखेको धर्ना कार्यक्रममा बोल्दै नेता यादवले यस्तो बताएका हुन् । विमानस्थल सञ्चालनमा नआउँदा व्यवसायीलाई ऋणको ब्याज तिर्न समेत समस्या रहेको उनले बताए ।

    धर्नामा सहभागी हुँदै उनले भने, ‘राज्य गम्भिर हुनुपर्ने हो । तर, गम्भिरता देखिएन । सबै इमान्दारिताका साथ लागे अवश्य नै माग पूरा हुन्छ । आन्दोलन चर्काउनु कुनै ठूलो कुरा होइन । तर, हामी बुद्ध जन्मस्थलका बासिन्दा हौं । शान्तिपूर्ण आन्दोलन गरिरहेको छौं । ’ विगतमा पनि शान्तिपूर्ण आन्दोलन गर्दा यहाँ विकास भएको उनको भनाइ छ । उनले माग पूरा गराउन सडकमा टायर बाल्नुपर्ने र चक्काजाम गर्नुपर्ने बिडम्बना रहेको बताए ।

    केन्द्रीय सदस्य यादवले राज्यको दृष्टि विकासमा पुग्न नसकेको बताए । उनले मुलुकमा संघीय व्यवस्था आए पनि अधिकारसम्पन्न प्रदेश बन्न नसकेको बताए । आन्दोलनका जायज माग सरकारले पूरा गर्नुपर्ने उनले बताए ।

    उनले भने, ‘हाम्रो पार्टी पनि सरकारमा छ । यो आन्दोलनप्रति हाम्रो पूर्ण ऐक्यवद्धता छ । झुटो आश्वासन दिदैनौ । यहाँहरुले जहाँ सम्झिनुहुन्छ, त्यहाँ हाम्रो साथ रहनेछ । ’ मुलुकको विकासका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको नेता यादवले बताए । भारतीय पर्यटक मात्रै पनि धेरै संख्यामा भित्र्याउन सके आर्थिक क्षेत्र चलायमान हुने र पर्यटन व्यवसायलाई अघि बढाउन सकिने उनको तर्क छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij