images

मंगलवार, बैशाख २५ गते २०८१

विमानस्थल सञ्चालनका लागि भएको आन्दोलनले सार्थकता नपाएसम्म लागिरहनेछौं : मन्त्री पाण्डेय

विमानस्थल सञ्चालनका लागि भएको आन्दोलनले सार्थकता नपाएसम्म लागिरहनेछौं : मन्त्री पाण्डेय

images
images
images
शुक्रवार, मंसिर २९ २०८०
शुक्रवार, मंसिर २९ २०८०
  • विमानस्थल सञ्चालनका लागि भएको आन्दोलनले सार्थकता नपाएसम्म लागिरहनेछौं : मन्त्री पाण्डेय

    भैरहवा, २९ मंसिर ।
    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि भइरहेको आन्दोलनले सार्थकता नपाएसम्म निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आन्दोलनले सार्थकता पाउने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    सिद्धार्थ सञ्जाल, रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै विमानस्थलको प्रवेशद्वार अगाडि जारी राखेको धर्ना कार्यक्रममा मन्त्री पाण्डेयले परिणाम ल्याएर आन्दोलनको समापन हुने बताए । उनले भने, ‘यो राष्ट्रमा उद्योगी, व्यवसायी, कृषकले आफ्नो भूमिका निर्वाह गरिरहनुभएको छ । अब आफ्नो दायित्व र भूमिका निर्वाह गर्ने पालो राजनीतिक दलका नेताहरुको हो ।’ 

    विमानस्थल सञ्चालनका लागि भइरहेको आन्दोलन सकारात्मक रुपमा अघि बढेको र सरकार बाध्य भएर वार्ताका लागि सिद्धार्थ सञ्जाल, मुख्यमन्त्रीलगायतलाई पत्र पठाएको बताए । उनले पुस २ गतेपछिको छलफलपछि कसरी अगाडि बढ्ने भन्नेबारे कार्यक्रम तय गरिने बताए ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले आफू मन्त्री भन्दा पहिला यस क्षेत्रको बासिन्दा भएको बताए । उनले भने, ‘मैले सहयोग गरेको होइन, आफ्नो दायित्व निर्वाह गर्दैछु ।’  मुलुकमा आन्दोलन नगरेसम्म, एकजुट भएर शक्ति प्रदर्शन नगरेसम्म माग पूरा नहुने परिपाटी रहेको उनको भनाइ छ ।

    मन्त्री पाण्डेयले गौतमबुद्ध विमानस्थल सञ्चालनको विषय अब लुम्बिनी प्रदेश सरकारको अस्तित्वको सवाल समेत बनेको बताए । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पश्चिम नवलपरासीको रामग्राम आउँदा उहाँलाई स्वागत गर्ने क्रममा आफूले विमानस्थल सञ्चालनबारे ज्ञिजासा राखेको र प्रधानमन्त्रीद्वारा छिटो समस्या समाधान हुने प्रतिवद्धता व्यक्त गरिएको उनले जानकारी दिए । ‘आर्थिक सम्पन्नता नेता र कर्मचारी आर्थिक रुपले सम्पन्न भएर हुँदैन । आर्थिक सम्पन्नता भनेको औद्योगिक, व्यवसायिक र पर्यटकीय विकास भएर हुन्छ भन्ने मेरो मान्यता हो, ’मन्त्री पाण्डेयले भने । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij