२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

दाङमा टिपर र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

बुधवार , मंसिर २७, २०८०

  • 880
    Shares
  • 880
    Shares
  • बुटवल, २७ मंसिर । दाङमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा आमाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा लमही ४ निवासी ६४ वर्षीय दीपा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

    दाङका प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लका अनुसार घोराहीबाट लमहीतर्फ जाँदै गरेको नरा १ ख २८४० नम्बरको खाली टिपर र सोही दिशातर्फ जाँदै गरेको नरा ७ प ३३३१ नम्बरको मोटरसाइकल घोराही ३ मसोट नजिकै आपसमा ठक्कर खादा मोटरसाइकलमा सवार बुढाथोकीको मृत्यु भएको हो। यसैगरी मोटरसाइकल चालक (मृतकका छोरा) २३ वर्षीय सफल बुढाथोकी घाइते भएका हुन्।

    घाइते सफलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। टिपर चालक घोराही १४ का ३२ वर्षीय प्रकाश केसीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।