२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

समाज सुधारका लागि सकारात्मक सोच आवश्यक : मन्त्री पाण्डेय

सोमवार , मंसिर २५, २०८०

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, २५ मंसिर ।
    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले समाज सुधारका लागि सोच आवश्यक रहेको बताएका छन् । उनले जातीयताको विकास नभइ मानवताको विकास गर्नुपर्नेमा जोड दिए । कसैप्रति विभेद नगरी सम्पूर्ण जातजाति, धर्म र समुदायको सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

    लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान–२०८० को पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आयोजना गरेको समापन कार्यक्रममा आइतबार बोल्दै मन्त्री पाण्डेयले कसैमाथि हिंसा गर्न नहुने बताए । उनले कसैको हत्या गर्नु र कुटपिट गनुए मात्र हिंसा नभइ गलत बोली व्यवहार पनि हिंसा भएको उल्लेख गरे ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले कुनै पनि काम गर्न र परिवर्तन ल्याउन समय लाग्ने बताए । उनले पाल्हीनन्दन गाउँपालिकाले शिक्षालगायत क्षेत्रमा गरेको कामको प्रशंसा गरे । मन्त्री पाण्डेयले भने, ‘प्रदेश सरकारले स्थानीय उत्पादनको बजारीकरण र बजार व्यवस्थापन गर्ने नीति लिएको छ । यसका लागि पाल्हीनन्दन गाउँपालिकासँग सहकार्य गर्छौ । ’

    अरु कोही आएर काम गरिदिन्छ भनेर आशा गर्नुभन्दा समाज सुधारको लागि आफैबाट सुरुवात गर्नुपर्ने उनले बताए । पाल्हीनन्दन गाउँपलिकाले आफ्नै पहिचान बनाएको उनले बताए ।