२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

रेडक्रस रुपन्देहीद्वारा विभिन्न प्रतियोगिता सम्पन्न

सोमवार , मंसिर २५, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, २५ मंसिर । 
    नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजनामा जिल्लास्तरीय रेडक्रस निबन्ध, कविता र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । 

    ७ वटा उप–शाखाहरुबाट छनौट भइ आएका निवन्ध (जुनियर) प्रतियोगिताको  दुर्गा देवी मा.वि. प्रथम,  गणेश ज्ञान ज्योति पब्लिक हाइ स्कूल द्वितीय र सैनामैना मेमोरियल स्कूल तृतीय भएका छन् । 

    निबन्ध (युवा) प्रतियोगिताको संस्कार ईङ्गलिस बोडिङ स्कूल प्रथम, श्री लुम्बिनी ज्ञाननिकेतन मा.वि. द्वितीय र न्यू होराइजन मा.वि. तृतीय भएका छन् । 

    कविता (जुनियर) प्रतियोगिताको सैनामैना मेमोरियल स्कूल प्रथम, न्यू होराजन मा.वि. द्वितीय र इडन ईङ्गलिस बोडिङ स्कूल तृतीय भएका छन् । 

    त्यसैगरी चित्रकला (जुनियर) श्री सिद्धार्थ ईङ्गलिस बोडिङ स्कूल प्रथम, कान्ती मा.वि. द्वितीय र श्री बुद्धदीप ईङ्गलिस बोडिङ तृतीय भएका छन् । 

    चित्रकला (युवा) नहरपुर मा.वि. प्रथम, श्री ग्यालेक्सी ईङ्गलिस बोडिङ स्कूल द्धितीय र न्यू नमुना ईङ्गलिस बोडिङ स्कूल तृतीय भएका छन् । उत्कृष्ट निबन्ध, कविता र चित्रकलाहरु राष्ट्रिय प्रतियोगिताका लागि आतिथ्यता जिल्ला शाखामा पठाइएको छ ।

    नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति दिपक क्षेत्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री रामचन्द्र उपाध्याय, कोषाध्यक्ष सुशील गुरुङ्ग, सदस्य जानकी घिमिरे (अर्याल) तथा जुनियर युवा समिति संयोजक टेकबहादुर थापा क्षेत्रीलगायत रेडक्रसकर्मीहरु, शिक्षक नायकहरु साथै विद्यार्थीहरु कार्यक्रममा उपस्थिति थियो ।

    रेडक्रस रुपन्देही जिल्ला शाखा कार्यालय प्रमुख कृष्ण मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।