२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

लुम्बिनीका गृहमन्त्री पाण्डेयद्वारा गोरखा भूपू सैनिकको योगदानको प्रशंसा

सोमवार , मंसिर २५, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, २५ मंसिर ।
    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विभिन्न देशहरुमा शान्ति स्थापनाका लागि गोरखा भूपू सैनिकले योगदान पुर्याएको भन्दै प्रशंसा गरेका छन् । उनले गोरखा भूपू सैनिकले बुद्धको शान्तिको सन्देश फैलाउने काम गरेको बताए ।

    गोरखा भू.पू. सैनिक कल्याणकारी संस्था सि.न.पा.–१ बेलहिया, रुपन्देहीको १९ औं स्थापना दिवसको अवसरमा आइतबार भैरहवामा आयोजित कार्यक्रममा मन्त्री पाण्डेयले भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण रहेको बताए । गोरखा भूतपूर्व सैनिकको योगदानको कदर गर्दै उहाँहरुबाट धेरै कुरा सिक्न सकिने उनको भनाइ छ ।

    उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि निरन्तर अघि बढेको बताए । उनले भने, ‘देशको नेतृत्व गर्ने व्यक्तिले काठमाडौंलाई नेपाल र नेपाललाई काठमाडौं भनेर बुझ्नहुँदैन । बेलहिया पनि नेपालमै पर्छ भन्ने कुरा बुझ्न जरुरी छ ।’

    WhatsApp Image 2023-12-11 at 9.01.17 AM.jpeg

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले विमानस्थल सञ्चालनमा आउनासाथ धेरै पर्यटकहरु लुम्बिनीमा आउने र लुम्बिनी प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताए ।