
आइतवार , मंसिर २४, २०८०
भैरहवा, २४ मंसिर ।
‘भविष्यमा मानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ’ भन्ने नारासहित ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आइतबार मनाइएको छ ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा माइती नेपाल भैरहवाले अन्तरक्रिया कार्यक्रम गरेको छ । स्थानीय सरोकारवाला, प्रहरी, सञ्चारकर्मी, संघ–संस्थाका प्रतिनिधि लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।
कार्यक्रममा बालअधिकार, महिला अधिकार लगायतका बारेमा कानूनी अवस्थाका बारेमा माइती नेपालका कार्यक्रम संयोजक माया क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सविता जिसी, सशस्त्र प्रहरी निरीक्षक भक्त बहादुर पाण्डेलगायतले मानवअधिकार तथा लैगिक हिंसाका बारेमा आ–आफ्ना भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij