२०८२, फाल्गुण २७ गते

Mar 11 2026 | २०८२, फाल्गुण २७ गते

मन्ताभीर छलेर एमाले पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा

आइतवार , मंसिर २४, २०८०

  • 901
    Shares
  • 901
    Shares
  • सुर्खेत, २४ मंसिर ।  पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा थालेको नेकपा ( एमाले)ले जाजरकोटमा रहेको ८२ किलोमिटर सडकमा पाइला नै नटेकी रुकुम पश्चिम हुँदै यात्रा तय गरेको छ । अधिकांश समय भेरी करिडोरको यात्रा गरेर पुष्पलाल मध्यपहाडीको नाम दिई जाजरकोटमा निर्माण हुन नसकेको यस लोकमार्गको नामै नलिई यात्रा सकाएको छ ।

     १२ वर्षभन्दा लामो समय देखि छेडागाड नगरपालिका भित्र पर्ने मन्ताभिरमा पुष्पलाल मध्यपहाडी लोकमार्ग रोकिएको छ । सडक निर्माण समेत गतिलो नभएको भन्दै भारी आलोचना हुँदै आएको छ । जहाँ समस्य छ , त्यहाँ नजाने तर संमृद्धिको यात्रा नाम दिएर हुन्छ ? सर्बसाधारणको प्रश्न छ । भेरी करिडोरको सजिलो ठाउँमा यात्रा गरेर जाजरकोटको रिम्नामा गई भूकम्पमा सरकारले केही गर्न सकेन मात्र हेलिकोप्टर आतंक मात्र भयो भनि भाषण दिएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल मध्यपहाडीको एक शव्द पनि नउठाएको सहभागीहरु बताउँछन् । अनेरास्ववियु जाजरकोटका अध्यक्ष प्रकाशमान सिंहले मन्ताभिरका कारण मध्यपहाडी जोडिन सकेको छैन भन्ने कुराले एमालेको ध्यानाकर्षण भएको छ । 

    यसको उठान अध्यक्ष कमरेडले सरकारले सुन्नेगरी उठाउनु हुने नै छ भन्दै टिप्पणी गरेका छन् । रोचक कुरा त के थियो भने भूकम्प पीडितका घरहरु निर्माण गरिरहेका नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव जर्नादन शर्मा , पूर्वाधार विकास कार्यालय जाजरकोटको बैठकमा आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाहले अध्यक्ष ओलीलाई स्वागत गरेका थिए । पूर्वाधार विकास कार्यालय जाजरकोटको बैठक नै छोडेर जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार कार्यक्रम स्थलमा पुगेका थिए । 

    पुष्पलाल मध्यपहाडी लोकमार्ग दैलेखेको बेस्तडाबाट सुरु भएर जाजरकोटको कुदुमा गएर रुकुम पश्चिम जोडिने गर्दछ । लामो समय सम्म निर्माण हुन नसकेको मन्ताभीर यही खण्डमा पर्दछ । अध्यक्ष ओलीले जाजरकोटमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको एक मिटर पनि यात्रा नगरी भेरी करिडोरका सबै भाग यात्रा गरेर कार्यक्रम स्थल समेत भेरी करिडोरकै रिम्नामा गर्दै सरकारका आलोचना गरेका थिए ।