२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

समाजवादी प्रेस संगठनद्वारा सृजनशिल पत्रकारिता पुरस्कार स्थापना

शनिवार , मंसिर २३, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बुटवल, २३ मंसिर ।
    समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आगामी पुस १३ र १४ गते बुटवलमा विशेष कार्यक्रम गर्ने भएको छ । संगठनको जिल्ला कार्यसमितिको शनिबार बुटवलमा बसेको बैठकले बदलिएको समयको पत्रकारिताका अवसर र चुनौतीलाई मध्यनजर गरी सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया गर्ने निर्णय गरेको हो । अध्यक्ष विनोद परियारको अध्यक्षतामा बसेको बैठकले अन्तरक्रियासँगै रुपन्देहीका अग्रज पत्रकार सम्मान गर्ने निर्णय समेत गरेको सचिव प्रतिक पौडेलले बताए ।

    त्यसै गरी रुपन्देहीलाई कर्मथलो बनाई पत्रकारितामा क्रियाशिल एकजना पत्रकार पुरस्कृत गर्ने गरी सृजनशिल पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय समेत बैठकले गरेको छ । पुरस्कारको कोषस्थापनाका लागि शुभेच्छुकहरुलाई अनुरोध गर्ने र कार्यवधि तयार पार्ने निर्णय बैठकले गरेको छ ।

    बैठकमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एंव संगठनका केन्द्रीय सल्लाहकार सिद्धिचरण भट्टराईले पत्रकारितामा नयाँ पुस्ताको आगमन नभएकाले अब नयाँ पत्रकार उत्पादन गर्ने अभियानमा समाजवादी प्रेस संगठन लाग्न आग्रह गरे । 
    बैठकमा अध्यक्ष परियारले समाजवादी प्रेस संगठनलाई गुणस्तरीय पत्रकारहरुको संगठनका रुपमा स्थापित गर्नका लागि आगामी दिनमा तालिम र अन्य विभिन्न रचनात्मक अभियानहरु सञ्चालन गर्ने कार्ययोजना बताएका थिए ।