
शनिवार , मंसिर २३, २०८०
भैरहवा, २३ मंसिर ।
नेपाल–चीन मैत्री समाज लुम्बिनीको २२ औं साधारण सभा शनिबार भैरहवामा सम्पन्न भएको छ । समाजका अध्यक्ष नारायण प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झेगगा टेम्पलका गुरु भे छागं छिले उद्घाटन गर्दै नेपाल र चीन बिचको सम्बन्ध सदियौंदेखि रहेको भन्दै साधारणसभाको शुभकामना दिए ।
कार्यक्रममा महसचिवको प्रतिवेदन मनिष कुमार जोशीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष खिम बहादुर खत्रीले प्रस्तुत गरेका थिए । कार्यक्रममा अध्यक्ष सापकोटाले नेपाल र चीनबीचको दौत्य सम्बन्ध सुमधुर रुपमा अघि बढेको भन्दै निरन्तरताको कामना गरे । उनले आगामी दिनमा समाजले गर्ने कामका बारेमा जानकारी गराए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, नेपाल–चीन मैत्री समाज लुम्बिनीका उपाध्यक्ष डा. ऋषिराम शर्मा, सचिव जनकराज पन्त लगायतले बोलेका थिए ।
समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद रेग्मीको स्वागत तथा महासचिव मनिष कुमार जोशीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij