
शनिवार , मंसिर २३, २०८०
भैरहवा, २३ मंसिर । जेसीआई सिद्धार्थ लेडी, नेपालले नयाँ नेतृत्व चयन गरेको छ । २७ औं अधिवेशनबाट वर्ष २०२४ का लागि संगिता आचार्यको नेतृत्वमा जेसीआई सिद्धार्थ लेडीको नयाँ समिति चयन गरिएको हो ।
जसको कार्यकारिणी उपाध्यक्षमा सीता काफ्ले, सृजना ज्ञवाली, उपाध्यक्षमा मीना ज्ञवाली, भीमकुमारी कडरिया, कुसुम केसी र गंगा कोइराला चयन भएका छन् ।
त्यस्तै जेसी निर्देशकमा रीता थापा, रोस्नी गौतम, अञ्जु नेपाल र बबिता बस्याल भट्टराई चयन भएका छन् । महासचिव, कोषाध्यक्षसहित अन्य पदमा अध्यक्षले चयन गर्ने निर्वाचन आयुक्त पार्वती पौडेलले जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij