
शनिवार , मंसिर २३, २०८०
भैरहवा, २३ मंसिर ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवा, रुपन्देहीका शेयर सदस्य मदनलाल तेलीले अक्षयकोषबाट आर्थिक अवस्था कमजोर भएका बिरामीलाई सहयोग गरेका छन् । मदनले आफ्नो आमा तथा श्रीमतीको नाममा स्थापना गरेको स्व. पुना देवी तेली तथा स्व. गिता देवी गुप्ता स्मृति अक्षयकोषबाट बिरामीलाई सहयोग गरेका हुन् ।
कपिलवस्तुको मायादेवी गाउँपालिका–१ का २६ वर्षिय मृगौला रोगका बिरामी सुरेश पासीलाई अक्षयकोषबाट रु. २५ हजार बराबरको दैनिक रुपमा खाने औषधी, मासिक ल्याब टेस्ट, ब्लड ट्रान्सफ्युजन र आकस्मिक औषधीमा खर्च हुने गरी बिहीबार सहयोग गरिएको हो ।
सुरेशले सिद्धार्थनगर सिटी हस्पिटलमा नियमित हेमोडाईलाईसिस सेवा लिइरहेको र बिरामीको आर्थिक अवस्था निकै कमजोर रहेको स्व. पुना देवी तेली तथा स्व. गिता देवी गुप्ता स्मृति अक्षयकोषका संस्थापक मदनलाल तेलीले बताए ।
त्यस्तै मदनले कपिलवस्तुको यशोधरा गाउँपालिका–५ का १९ वर्षिय मृगौला रोगका बिरामी संजय कुमार चमारलाई पनि अक्षयकोषबाट रु. २५ हजार बराबरको दैनिक रुपमा खाने औषधी, मासिक ल्याब टेस्ट, ब्लड ट्रान्सफ्युजन र आकस्मिक औषधीमा खर्च हुने गरी सहयोग गरेका छन् । संजय पनि सिद्धार्थनगर सिटी हस्पिटलमा नियमित हेमोडाईलाईसिस सेवा लिइरहेका छन् । मदनले गरीब तथा विपन्न वर्गका बिरामीहरुका लागि उक्त अक्षयकोष स्थापना गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij