२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

अमेरिकामा बस्ने ओली परिवारद्वारा छोरा शाश्वतको जन्मदिनमा बालगृहलाई सहयोग 

बुधवार , मंसिर २०, २०८०

भैरहवा, २० मंसिर ।

अमेरिकामा बस्ने सनत ओली र तिर्था ओलीले आफ्ना छोरा शाश्वत श्री ओलीको जन्मदिनको अवसर पारेर भैरहवास्थित सिद्धार्थ बालगृहमा रहेका बालबालिकालाई सहयोग गरेका छन् । उनीहरुले शाश्वत जन्मिएको एक वर्ष पूरा भएको खुसीयालीमा रुपन्देहीको मायादेवी–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहमा रहेका बालबालिकालाई स्टेशनरी र खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।

अमेरिकामै रहेका ओली परिवारको तर्फबाट बालगृहमा पुगेर लुम्बिनी प्रेस क्लब, रुपन्देहीका निवर्तमान अध्यक्ष नरेश के.सी., नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य पुनहरि बेलबासे र नेपाल फोटो पत्रकार महासंघ रुपन्देही अध्यक्ष मनोज क्षेत्रीले स्टेशनरी र खाद्यान्न सामग्री बालगृहको सञ्चालक कृष्णमाया गुरुङलाई हस्तान्तरण गरेका छन् । 

386846074_908478860987040_7367412383215325391_n.jpg

परिवार अमेरिकामा भएता पनि सम्झिएर बालगृहमा केक काटेर नानीबाबुसँगै रमाउँदै शाश्वतको जन्मदिन मनाउँदा अत्यन्तै खुसीको अनुभुति भएको गुरुङले बताइन् ।

बालगृहको सञ्चालक गुरुङले भनिन, ‘आफ्नो छोराको जन्मदिनमा त्यति टाढाबाट पनि सम्झेर स्टेशनरी सामान र खाद्यान्न सामग्री सहयोग गरेकोमा हामी धेरै आभारी छौं ।’ 

385559143_1545576459588404_6191915937246823159_n.jpg

भाडाको घरमा सञ्चालनमा रहेको उक्त बालगृह सञ्चालनमा कठिनाई भइरहेको सञ्चालक गुरुङले गुनासो गरिन् । करिब डेढ दशकदेखि सञ्चालित उक्त बालगृह सञ्चालनमा विभिन्न व्यक्तिहरुले आफ्नो जन्मदिनमा सहयोग गर्दै आएको, विभिन्न संघ–संस्थाले पनि बेलाबेला खाद्यान्न तथा जिन्सी सहयोग गर्दै आएको भएता पनि घरभाडा तिर्न कठिनाई भइरहेको उनले बताइन् ।
उक्त बालगृहमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने जनप्रतिनिधिहरुले बालगृहको लागि आवश्यक जग्गा लिजमा व्यवस्थापन गरिदिने भनेर धेरैपटक भनेता पनि अहिलेसम्म हुन सकेको छैन ।