२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

लायन्स सिद्धार्थनगर सेन्टिनियलद्वारा निःशुल्क आँखा तथा मधुमेह परीक्षण

बुधवार , मंसिर २०, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, २० मंसिर ।
    लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले निःशुल्क आँखा, मधुमेह (सुगर) परीक्षण, मोतीबिन्दुको पहिचान तथा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । क्लबले रुपन्देहीको ओमसतिया गाउँपालिका–५ गौरीस्थित ओमसतिया आधारभूत विद्यालयमा मंगलबार एकदिने शिविरको आयोजना गरेको हो ।

     शिविरमा २४० जनाको मधुमेह परीक्षण गरिएको कार्यक्रम संयोजक विष्णु प्रसाद अर्यालले बताए ।

    नेपाल फर्मास्युटिकल एसोसिएशन (एनपीए) लुम्बिनी प्रदेश, लुम्बिनी आँखा उपचार केन्द्र तिलोत्तमा-५, मणिग्राम र मेट्रो आँखा केयर बुटवल–६, सुख्खानगरको प्राविधिक सहयोग तथा ओमसतिया गाउँपालिका वडा नम्बर ५ को सहयोगमा शिविर भएको अर्यालले जानकारी दिए ।

    शिविरमा २०५ जनाको आँखा परीक्षण गरिएकोमध्ये ६० जनाको मेट्रो आँखा केयरमा निःशुल्क मोतीबिन्दुको शल्यक्रिया गरिने लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियल वर्ष २०२३/२४ का अध्यक्ष भोजराज बस्यालले बताए । 

    WhatsApp Image 2023-12-06 at 3.38.12 PM.jpeg

    क्लबका अध्यक्ष भोजराज बस्यालको अध्यक्षता, लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५, नेपालका डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजुको प्रमुख आतिथ्यता, भाइस डिष्टिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, ओमसतिया गााउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष मदन प्रसाद पोखरेल र लायन्स डिष्ट्रिक सेक्रेटरी विनोद खरेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

    कार्यक्रम संयोजक विष्णु प्रसाद अर्यालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन लायन्स सिद्धार्थनगर सेन्टिनियलका सचिव मोती प्रसाद पौडेलले गरेका थिए ।