images

शनिवार, फाल्गुण १९ गते २०८०

पर्यटकीय सम्भावनाले भरिपूर्ण छ लुम्बिनी : रचना पन्त

पर्यटकीय सम्भावनाले भरिपूर्ण छ लुम्बिनी : रचना पन्त

images
images
images
मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • पर्यटकीय सम्भावनाले भरिपूर्ण छ लुम्बिनी : रचना पन्त

    नेपालमा विभिन्न किसिमका पर्यटकीय गन्तव्यहरु रहेका छन् । पर्यटन क्षेत्रको चलायमानले देशको आर्थिक अवस्था समेत बलियो बन्दै जान्छ । लुम्बिनी प्रदेशमा पनि विभिन्न किसिमका पर्यटकीय क्षेत्रहरु रहेका छन् । लुम्बिनी प्रदेशमा पर्यटकीय सम्भावना, चुनौती, अवसरहरु, सरकार र निजी क्षेत्रबाट गर्नुपर्ने कामको बारेमा खबरपात्रोको लागि नाट्टा लुम्बिनी अध्यक्ष रचना पन्तसँग आचार्य प्रदीपले गरेको कुराकानीको सम्पादित अंश :

    images
    images
    images

    लुम्बिनी प्रदेशमा पर्यटनका सम्भावनाहरु कस्ता छन् ?
    लुम्बिनी प्रदेश पर्यटकीय बजार नयाँ तरिकाले प्रवद्र्धन गर्ने प्रदेश हो भनेर हामी भन्छौं । धार्मिक साँस्कृतिक पर्यावरणीय पर्यटकीकहरु यो प्रदेशका विभिन्न क्षेत्रमा घुम्न रुचाउँछन् । यहाँका १२ जिल्लामा विभिन्न धार्मिक स्थलहरु रहेका छन् । यसका साथै अध्ययन–अनुसन्धानका पर्यटक आउने सम्भावना आउन सक्छन भन्ने कुरालाई पनि अगाडि बढाएका छौं । कालीगण्डकी ऋषिकेश रुरु क्षेत्रलाई हामीले यस क्षेत्रमा अनुसन्धानमुलक बन्न सक्छ भनेर अध्ययन–अनुसन्धान पर्यटकीय गन्तव्यको रुपमा तयार गर्दैछौं । गुल्मीको रेसुंगा, प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित छन्। बर्दिया जंगल सफारीदेखि लिएर जंगली जनावरको उत्कृष्ट बासस्थान रहेको पनि छ । बाँके पनि विविधता र मौलिकता बोकेका कुराहरु रहेका छन् । बागेश्वरी मन्दिरले धार्मिक साँस्कृतिक पर्यटकीय क्षेत्र हो भन्ने देखाएको छ ।
    रुपन्देहीको बेलहिया नाकादेखि करोडौं धार्मिक साँस्कृतिक पर्यटकहरु आएर रिडी पुग्ने र रिडिबाट मुक्तिनाथ पुग्ने गरी वान नाईट स्टे गरी पर्यटक भुलाउने बाटो दिने हो भने देशको आधार र मुहार फेर्ने प्रदेश हो भन्न चाहन्छौं । सम्भावनालाई कार्यान्वयनमा कसरी लैजाने भन्ने कुरा सरकारको हो । सरकारको नीति, व्यवसायिक सक्षमताका कुराहरु र विशेष गरी पर्यटकहरुलाई चाहिने भनेको सडक सञ्जाल र आवास हो । दृष्यावलोकन गरेर मात्रै पर्यटकबाट फाइदा लिन सकिँदैन, आम्दानी गर्नको लागि अन्य कुराहरु अर्थात सेवाहरु दिनु आवश्यक छ । 

    पर्यटकीय क्षेत्रको प्रवर्द्धन कसरी गर्ने त ?
    पर्यटकीय क्षेत्र भनेको सबैको साझा सम्पत्ति हो । यसको लागि सबै नै लाग्नुपर्छ तर पनि यस क्षेत्रको लागि मिडियाको भूमिका निकै महत्वपूर्ण मानिन्छ । मिडियाले गन्तव्यलाई आफ्नो जस्तै बनाएर प्रवद्र्धन गर्दैन त्यतिबेलासम्म गन्तव्यको बारेमा पर्यटकले थाहा नै पाउँदैनन् । पर्यटकले थाहा नपाएसम्म त्यहाँ आउन लालायित हुँदैनन् । यसका केही प्रमाणहरु रहेका छन् । केही ऐतिहासिक क्षेत्रको प्रचारप्रसारको अभावमा पर्यटकको आवागमन एकदमै न्यून रहेको पनि छ ।

    सम्भावना भएको लुम्बिनीमा चुनौतीहरु पनि होलान् नि ?
    अवश्य पनि, हरेक कुराका दुईवटा पाटो हुन्छन् । हाम्रो प्रदेशमा मात्रै होइन् समग्र देशमा नै पर्यटकमैत्री नीति नबन्दा समस्या आइरहेको छ । कानुन नहुँदा धेरै कुराहरु रोकिन्छन् । पर्यटन व्यवसायीले सोचेजस्तो व्यवसाय गर्न सक्दैनन् । पर्यटकले ल्याउन पाउने खर्च गर्न पाउने अवस्था पनि नहुँदा धेरै समस्या देखिएको छ । सामान्य कुराले पनि पर्यटकमाथि नकारात्मक प्रहार हुन जान्छ । आफूमाथि गरिएको व्यवहार र यहाँको माहोल हेरेर नै अन्य पर्यटक आउने अवस्थामा नकारात्मक कुराहरुको कारणले नेपालमा आउन नचाहने पनि धेरै छन् । पर्यटक नाकामा आउँदा गरिने व्यवहारले नै पर्यटकलाई नकारात्मक प्रभाव पारेको हुन्छ । प्रहरीको चेकिङ शैलीले पनि धेरै कुरा फरक पारेको हुन्छ । पर्यटकलाई नाकामा स्वागत गर्नुपर्ने हो र हामीले गर्ने व्यवहारले सजाय दिएजस्तै पर्यटकलाई महसुस भइरहेको छ ।
    यसका साथै बाटोघाटोका समस्याहरु पनि उस्तै छन् । असुरक्षित बाटोहरुको कारणले पनि पर्यटकको बसाई चाहेर पनि लम्बिन सकेको छैन् । सडक संरचनामा सुधार गर्ने हो भने मात्रै पनि पर्यटकको बसाई लामो बन्न सक्छ । पर्यटकलाई खुसी बनाएर कमाउने हो भन्ने सोचको कमी पनि देख्न पाउँछौं हामी । पर्यटक आउनु सकारात्मक हो, उनीहरुले खर्च गर्छन, हाम्रो आम्दानी बढ्छ भन्ने सोच्न आवश्यक पनि छ ।

    पर्यटन क्षेत्रको विकासमा सरकार मात्रै जिम्मेवार हो र ?
    मुख्य दायित्व भनेको सरकारको हो । हामीले के गर्छौ भन्ने कुरालाई हेर्न भन्दा पनि सरकारले कानुन बनाइदियो भने धेरै सकारात्मक हुनेछ । सरकारले पर्यटन व्यवसायी र पर्यटकमैत्री कानून बनाउनुपर्ने हो । पर्यटन क्षेत्रमा सरकारको बजेट न्यून हुन्छ, त्यही बजेट पनि आसेपासेको गोजीमा गएजस्तै देखिन्छ । हावामै बजेट सकिएको देखिन्छ । हामीहरुले गन्तव्यमा पुगेर पर्यटकीय गतिविधिका काममा कुनै सहयोग हुँदैन । होटलको कोठामा बसेर शिर्षक मिलाएर बजेट सकिएको हामी पाएका छौं । यो हामी सबैको लागि दुर्भाग्य हो । सरकारले नीतिगत काम गरेर पर्यटन व्यवसाय र पर्यटकीय क्षेत्र फस्टाउने माध्यम बनाएमा देश समृद्ध बन्न धेरै समय लाग्दैन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij