images

शनिवार, फाल्गुण १९ गते २०८०

नेपालमा प्रत्येक दिन थपिन्छन् एचआइभी संक्रमित

नेपालमा प्रत्येक दिन थपिन्छन् एचआइभी संक्रमित

images
images
images
सोमवार, मंसिर १८ २०८०
सोमवार, मंसिर १८ २०८०
  • नेपालमा प्रत्येक दिन थपिन्छन् एचआइभी संक्रमित

    भैरहवा, १८ मंसिर ।
    नेपालमा दैनिक एक जनामा एचआइभी संक्रमण हुने गरेको छ । ३६ औं विश्व एडस दिवसको अवसरमा स्वास्थ्य कार्यालय रुपन्देहीले भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार असुरक्षित यौनसम्पर्क, संक्रमितबाट जन्मिएको सन्तान र सुईको माध्यमबाट लागुऔषध सेवनकर्ताहरुमा संक्रमण फैलिरहेको छ । दैनिक रुपमा एकजना एचआइभी संक्रमित हुने गरेका छन् । 

    images
    images
    images

    कार्यालयले दिएको तथ्यांक अनुसार नेपालमा सन् २०२२ को अन्त्यमा ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण देखिएको अनुमान गरिएको छ । हरेक दिन १ जनामा एचआईभी संक्रमण हुन्छ भन्ने अनुमान रहेको छ । सन् २०२२ मा ४८८ नयाँ संक्रमित भएको छ जुन २००० को तुलनामा घटेको हो । नेपालमा २०२२ मा ३४४ जनाको एचआईभी संक्रमितको मृत्यु भएको थियो ।
    रुपन्देहीमा गत आर्थिक वर्षमा एचआइभी संक्रमित ४५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिला, २६ पुरुष र १ जना अन्य

    रहेको कार्यालयले जानकारी दिएको छ ।  सन् २०२२ को अन्तसम्म नेपालमा २३ हजार २ सय ९३ संक्रमितहरुले एन्टीरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन् र अनुमानित कुल एचआइभी संक्रमितमध्ये ७८ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन ।
    आर्थिक वर्ष २०७९÷२०८० मा रुपन्देहीमा कुल १ हजार ७ सय ४८ जना एचआइभी संक्रमित छन् । उनीहरु सबैले उपचारका लागि एआरटी सेवा लिएका छन् । त्यस्तै कपिलवस्तुमा ५ सय ६१, बाँकेमा ५ सय ५६, दाङमा ३ सय ९४, पाल्पामा ३ सय ४१, नवलपरासी (पश्चिम) ३ सय १७, गुल्मी १ सय ९९, बर्दिया १ सय ७५, अर्घाखाँची १ सय ३२, प्युठान १ सय २९ र रोल्पामा ४६ छ ।

    लुम्बिनी प्रदेशमा गत वर्ष १ लाख ३० हजार गर्भवती महिलामा एचआइभी परीक्षण गर्दा १७ जना संक्रमित फेला परेको उक्त कार्यालयका एचआइभी रोकथाम कार्यक्रमका फोकलपर्सन तथा जनस्वास्थ्य अधिकृत रिसभ श्रेष्ठले बताए । राष्ट्रिय एचआइभी रणनीतिक योजना (सन् २०२१–२०२६) सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न शुन्य एचआइभी संक्रमण, शुन्य एड्स मृत्यू, शुन्य एचआइभी सम्बन्धि भेदभावको लक्ष्य तथा प्राथमिकताको कार्यक्रम राखेको छ । सन् २०२६ सम्म एचआईभीको आमाबाट बच्चामा हुने संक्रमणको उन्मुलन गर्ने लक्ष्य छ ।

    कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले एचआइभी संक्रमितहरुप्रति अझै पनि विभेद र लान्छना हुनु रोकथाम तथा नियन्त्रणका लागि एक चुनौतीको विषय भएको बताए । उनले समाजमा एचआइभी संक्रमितप्रति हुने विभेद र लान्छनाका कारण अझै पनि एचआइभी संक्रमितहरु अन्य रोगका बिरामी जस्तै खुलेर उपचारका लागि आउन नसकेको बताए ।

    ढकालले एचआइभी संक्रमितलाई उपचारको माध्यमबाट आयु लम्ब्याउने र नयाँ संक्रमित हुन नदिन गर्भवती महिलाको जाँच गरेर सकेसम्म बच्चामा संक्रमण हुन नदिने र बच्चा आमाबाट संक्रमित भएर जन्मिएमा पनि उपचार र औषधिको प्रयोग गराएर स्वस्थ राख्ने योजना रहेको बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij