२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

बिहिवार , मंसिर १४, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, १४ मंसिर। नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनु पर्ने माग गरिएको छ। 

    उच्च अदालत पाटनमा जारी बहसमा खाँडका वकिलहरूले उनलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका हुन् । 

    जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल  थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पपूर्व गृहमन्त्री खाणको तर्फबाट जवाफी बहस भर्खरै सकिएको छ। 

    खाणका तर्फबाट पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता खम्बहादुर खातीलगायतले बहस गरेका हुन, उनीहरूले एकै स्वरमा खाँडलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।

    आज नै बहस सकाउने र सम्भवतः आजै फैसला गर्ने गरी अदालतमा बहस भईरहेको छ ।