२०८२, चैत्र १५ गते

Mar 29 2026 | २०८२, चैत्र १५ गते

भैरहवा मेलामा बिहीबार दुर्गेश थापा र चक्र बम आउँदै

बुधवार , मंसिर १३, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १३ मंसिर । भैरहवामा सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० अन्तर्गत मंसिर १४ गते बिहीबार (भोलि) गायक दुर्गेश थापा र चक्र बम आउने भएका छन् ।

    बिहीबार महोत्सवमा गायक दुर्गेश थापा र चक्र बमको प्रस्तुती रहने महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का सचिव तथा महोसत्वका प्रचार प्रसार उपसमिति संयोजक कृष्ण प्रसाद पाण्डेले बताए ।

    महोत्सवमा स्थानीयसँगै राष्ट्रिय कलाकारको प्रस्तुति रहेकोले महोत्सवमा सहभागीता जनाउन मेला मूल आयोजक समितिका सह–संयोजक तथा साँस्कृतिक व्यवस्थापन समितिका संयोजक नारायण प्रसाद भण्डारीले आग्रह गरे ।

    ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नाराका साथ महोत्सव मंसिर १८ गतेसम्म महोत्सव सञ्चालन हुने उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताए ।

    महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका, कृषि तथा भूमिव्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, प्रवद्र्धकमा पर्यटन परिषद, लुम्बिनी प्रदेश, लुम्बिनी साँस्कृतिक नगरपालिका, मर्चवारी, सियारी, शुद्धोधन, कञ्चन, रोहिणी, ओमसतिया, कोटहीमाई र सम्मरीमाई गाउँपालिका, रुपन्देही रहेका छन् ।

    महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्श, काठमाडौं र नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश रहेका छन् । त्यस्तै महोत्सवको मुख्य प्रायोजकमा होटल मौर्य, सह–प्रायोजकमा रिया एण्ड रक्षा फुड प्रोडक्ट, माया तेल, एसआर स्टील, नेट पार्टनरमा फाइबर नेट, टिकट प्रायोजकमा एनजी मार्केट मणिग्राम, आधिकारिक बैंकमा प्रभु बैंक, पर्यटन पार्टनरमा बोधी रेडसन होटल र मुख्य गेट प्रायोजकमा माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि. रहेको छ ।