२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अस्पताल भित्रै आम्दाका मेसु डा. बस्यालमाथि कुटपिट, आईसीयूमा उपचार हुँदै

बुधवार , मंसिर १३, २०८०

भैरहवा, १३ मंसिर । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको छ । अस्पतालमा उपचाररत सुत्केरी महिलाको मृत्यु भएपछि उत्पन्न तनाव समाधान गर्न वार्ता भइरहेको अवस्थामा बस्यालमाथी कुटपिट भएको अस्पताल प्रशासनले जनाएको छ ।

मृतकका आफन्तको कुट‍पिटबाट गम्भीर घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ । गएराती २ बजे उनलाई ‍अस्पताल  पुर्‍याइएको थियो । 

सुत्केरी भएको दुई दिनमै महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।  गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंगलबार अस्पतालमा मृत्यु भएको थियो ।

उनले सोही अस्पतालमा सोमबार ५ किलो तौलको बच्चा जन्माएकी थिइन्। सुत्केरी गराइसक्दा आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य थियो। तर,  सोमबार बिहान शय्याबाट उठाउने क्रममा ढलेर भवानीको मृत्यु भएको थियो । 

उनका आफन्तले शव बुझिसकेर लैजान लाग्दा अचानक उत्तेजक समुहको भिड अस्पतालमा पसेर तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ ।

तोडफोड भएपछि मृतकका आफन्त, अस्पताल प्रशासन र प्रहरीसहित वार्ता भएको थियो। छलफल भइरहँदा बस्यालमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

उनीहरूले कुर्ची र टेबलका खुट्टा भाँचेर बस्यालको टाउको र छात्तिमा प्रहार गरेको घटनास्थलमा उपस्थित एक चिकित्सकले जानकारी दिए ।

मेसुमाथि कुटपिट भएपछि अस्पतालले इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेको छ । बिहानैदेखि अस्पताल आएका बिरामीहरूलाई गेटबाटै फर्काइएको छ ।    

अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरु हेर्ने बाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ ।

मृतक महिलाको शव भने शववाहनमै रहेको प्रहरीले जनाएको छ ।बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथी कुटपिट भएको छ ।

अस्पतालमा उपचाररत सुत्केरी महिलाको मृत्यु भएपछि उत्पन्न तनाव समाधान गर्न वार्ता भइरहेको अवस्थामा बस्यालमाथी कुटपिट भएको अस्पताल प्रशाशनले जनाएको छ ।

मृतकका आफन्तको कुट‍पिटबाट गम्भीर घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको आईसियु कक्षमा उपचार भइरहेको छ । गएराती २ बजे उनलाई ‍अस्पताल  पुर्‍याइएको थियो । 

सुत्केरी भएको दुई दिनमै महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।  

गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंगलबार अस्पतालमा मृत्यु भएको थियो ।

उनले सोही अस्पतालमा सोमबार ५ किलो तौलको बच्चा जन्माएकी थिइन्। सुत्केरी गराइसक्दा आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य थियो। तर,  सोमबार बिहान शय्याबाट उठाउने क्रममा ढलेर भवानीको मृत्यु भएको थियो । 

उनका आफन्तले शव बुझिसकेर लैजान लाग्दा अचानक उत्तेजक समुहको भिड अस्पतालमा पसेर तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ ।

तोडफोड भएपछि मृतकका आफन्त, अस्पताल प्रशासन र प्रहरीसहित वार्ता भएको थियो। छलफल भइरहँदा बस्यालमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

उनीहरूले कुर्ची र टेबलका खुट्टा भाँचेर बस्यालको टाउको र छात्तिमा प्रहार गरेको घटनास्थलमा उपस्थित एक चिकित्सकले जानकारी दिए ।

मेसुमाथि कुटपिट भएपछि अस्पतालले इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेको छ । बिहानैदेखि अस्पताल आएका बिरामीहरूलाई गेटबाटै फर्काइएको छ ।    

अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरु हेर्ने बाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ ।

मृतक महिलाको शव भने शववाहनमै रहेको प्रहरीले जनाएको छ ।