२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

संघीयता कार्यान्यवन गर्न प्रदेश सरकारलाई बलियो बनाउनुपर्छ : मन्त्री गुप्ता

मंगलवार , मंसिर १२, २०८०

भैरहवा, १२ मंसिर ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश (सी.के.) गुप्ताले अधिकार नपाएर प्रदेश सरकार छटपटाइरहेको बताएका छन् । उनले प्रदेश सरकारले राम्रो कार्ययोजना बनाए पनि अधिकार नपाएर काम गर्न नसकेको बताए ।

रुपन्देहीको रोहिणी गाउँपालिका-२ भटपुरवास्थित श्री पोखरभिण्डी माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले भने, ‘यदी प्रदेश सरकारलाई संघ सरकारले अधिकार र बजेट दिने हो भने पक्कै पनि आउने दिनमा प्रदेश सरकारले संघ सरकार भन्दा राम्रो काम गर्नेछ । ’

संघीयता कार्यान्यवन गर्न प्रदेश सरकारलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए । संघीयतालाई बलियो बनाउन अधिकार दिनुपर्ने उनको भनाइ छ । अधिकार नपाएसम्म चाहेर पनि राम्रो काम गर्न नसकिने उनले बताए ।

उनले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका पिछडिएको वस्तीमा रहेका युवाहरुलाई कसरी राम्रो शिक्षा दिन कसरी जोड्न सकिन्छ भन्नेतर्फ लागेको बताए ।

403403511_6864617436949439_2811192646597637141_n.jpg

मन्त्री गुप्ताले नेपालका सम्पूर्ण संघ–संस्थाहरु निष्पक्ष भएर लाग्नुपर्ने अवस्था रहेकोमा जोड दिए । उनले दिनप्रतिदिन युवाहरु विदेश पलायन हुने क्रम बढेकाले लुम्बिनी प्रदेश सरकारले ४ अर्ब बजेट छुट्याएर कसरी आफ्नै देशमा रोजगारी सिर्जना गर्न सकिन्छ भन्नेतर्फ लागेको बताए । 

लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेट आवश्यक भएको ठाउँमा कसैलाई पनि काखापाखा नगरी १२ वटै जिल्लामा पुर्याउनेतर्फ लागेको उनको भनाइ छ ।