२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

बालकृष्ण खाँणको क्षेत्रमा पुगेर देउवाले भने : खाँणले न्याय पाउँछन्

मंगलवार , मंसिर १२, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, १२ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भुटानी शरणार्थी प्रकरण पुर्पक्षका लागि थुनामा रहेका नेता बालकृष्ण खाँणले न्याय पाउने बताएका छन् ।

    मंगलबार रुपन्देही काँग्रेसको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्धामा धेरै बोल्न उचित नहुने भन्दै उनले भने– ‘बालकृष्ण खाँणले न्याय पाउनुहुनेछ, वकिल साथीहरु लागेछन्, मलाई विश्वास छ ।’ 

    पुर्वप्रधानमन्त्री समेत रहेका उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनका लागि सम्बन्धित सरोकारवालाहरुसगँ छलफल गर्ने बताए । 

    ‘विमानस्थल संचालनका लागि आवश्यक पर्ने पूर्वाधार तथा कार्यालयहरु कुनै पनि खोलिएका रहेनछन्’ उनले भने, ‘काठमाण्डौ गएर विमानस्थल पूर्ण रुपमा संचालनका लागि सरकार, सम्बन्धित मन्त्री र सरोकारवालालाई बोलाएर कुरा गर्छु ।’

    उनले विमानस्थल पूर्ण रुपमा संचालनमा ल्याएर अन्तराष्ट्रिय विमान उडाइने बताए । जिल्ला सम्मेलनले पार्टी पूर्ण रुपमा एक भएको सन्देश दिने उनले बताए ।