
मंगलवार , मंसिर १२, २०८०
भैरहवा, १२ मंसिर ।
भारतमा भएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) लाई विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था अन्र्तराष्ट्रिय बौद्ध परिसंघको प्रेसिडेन्टमा निर्वाचित भएका छन । अन्तर्राष्ट्रिय बौद्ध परिसंघ) को शक्तिशाली अधिकार प्राप्त कार्यकारी स्थायी समितिमा निर्वाचित गर्दै प्रेसिडेन्ट पदमा निर्वाचित भएका हुन ।
विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशन सोमबारदेखि भारतको नयाँ दिल्लीमा सुरु भएको छ। विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था विश्व बौद्ध शिखर सम्मेलनको महाधिवेशनमा सहभागी हुन उपाध्यक्ष डा. लामा दिल्ली छन् ।
विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था (आइबीसि) को स्थापनाकाल सन् २०११ साल देखि २०१६ सम्म स्थायी समिति सदस्यमा निर्वाचित भएर काम गर्दै आएका हुन् । सन् २०१७ को दोस्रो महाधिवेशनबाट अधिकारप्राप्त कार्यकारी सदस्यमा पुनः निर्वाचित भएर सचिवमा निर्वाचित भएका थिए ।
भारत सरकारको मातहतमा रहेको आइबिसिले विश्वभरका बुद्धिष्टहरुलाई एकताबद्ध गर्दै विश्वभर शान्ति स्थापनको निम्ति विभिन्न कार्यक्रमहरु अगाडि बढाउदै आएको छ । बुद्धिष्टसँग सम्बन्धित रहेका पुरात्वातिक क्षेत्रहरुको खोज तथा अनुसन्धान गर्दै सम्बन्धित क्षेत्रहरुको संरक्षण र सम्बर्द्धन गर्दै आएको छ ।
हाल भारतको नयाँ दिल्लीमा रहेको बुद्धिष्टहरुको छाता संगठन जसले विश्वभरका बौद्धमार्गीहरुको साझा मञ्चको रूपमा काम गर्दै आइरहेको छ भने आईबीसीको हाल ३९ देशहरूमा ३२० भन्दा बढी सगठनहरु रहेको छ । उक्त संस्थाको प्रेसिडेन्टमा निर्वाचित भएका डा.लामाले सम्मेलनले आफूलाई अध्यक्षमा निर्वाचित गरेर बुद्ध जन्मस्थल पवित्रभूमि नेपालको सम्मान गरेको बताए ।
पूर्वमन्त्री र संविधानसभा सदस्य समेत भइसकेका उपाध्यक्ष डा. लामा बौद्ध धर्मको विकास र सम्बर्द्धनमा निरन्तर लागिपरेका छन् । बुद्ध दर्शनमा लेख एवं प्रवचन दिई नेपाल र लुम्बिनीको पहिचान विश्वभरका बौद्धमार्गीहरुमा पुर्याएका छन् ।
अन्तर्राष्ट्रिय बुद्धिष्ट राष्ट्रहरु सम्मिलित आइबिसीमा कोषका उपाध्यक्ष डा. लामा प्रेसिडेन्टमा निर्वाचित भएसँगै लुम्बिनी बुद्धबारेको भ्रम चिर्न सफल हुने विश्वास गरिएको छ । साथै लुम्बिनीको विकास संरक्षण सम्बर्द्धन एवं अन्तर्राष्ट्रियकरण गर्न सहज अपेक्षा गरिएको छ । साथै कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकरणका लागि थप सहयोग पुर्याउने अन्र्तराष्ट्रिय लबिङ गर्न सहज हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij