images

मंगलवार, बैशाख १८ गते २०८१

बुधबार भैरहवा मेलामा हाँस्य कलाकार शैलेन्द्र सिम्खडा आउँदै

बुधबार भैरहवा मेलामा हाँस्य कलाकार शैलेन्द्र सिम्खडा आउँदै

images
images
images
मंगलवार, मंसिर १२ २०८०
मंगलवार, मंसिर १२ २०८०
  • बुधबार भैरहवा मेलामा हाँस्य कलाकार शैलेन्द्र सिम्खडा आउँदै

    भैरहवा, ११ मंसिर । भैरहवामा सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० अन्तर्गत मंसिर १३ गते बुधबार हाँस्य कलाकार शैलेन्द्र सिम्खडा आउने भएका छन् ।

    images

    बुधबार महोत्सवमा हाँस्य कलाकार शैलेन्द्र सिम्खडा महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का सचिव तथा महोसत्वका प्रचार प्रसार उपसमिति संयोजक कृष्ण प्रसाद पाण्डेले बताए ।

    महोत्सवमा स्थानीयसँगै राष्ट्रिय कलाकारको प्रस्तुति रहेकोले महोत्सवमा सहभागीता जनाउन मेला मूल आयोजक समितिका सह–संयोजक तथा साँस्कृतिक व्यवस्थापन समितिका संयोजक नारायण प्रसाद भण्डारीले आग्रह गरे ।

    ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नाराका साथ महोत्सव मंसिर १८ गतेसम्म महोत्सव सञ्चालन हुने उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताए ।

    महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका, कृषि तथा भूमिव्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, प्रवद्र्धकमा पर्यटन परिषद, लुम्बिनी प्रदेश, लुम्बिनी साँस्कृतिक नगरपालिका, मर्चवारी, सियारी, शुद्धोधन, कञ्चन, रोहिणी, ओमसतिया, कोटहीमाई र सम्मरीमाई गाउँपालिका, रुपन्देही रहेका छन् ।

    महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्श, काठमाडौं र नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश रहेका छन् । त्यस्तै महोत्सवको मुख्य प्रायोजकमा होटल मौर्य, सह–प्रायोजकमा रिया एण्ड रक्षा फुड प्रोडक्ट, माया तेल, एसआर स्टील, नेट पार्टनरमा फाइबर नेट, टिकट प्रायोजकमा एनजी मार्केट मणिग्राम, आधिकारिक बैंकमा प्रभु बैंक, पर्यटन पार्टनरमा बोधी रेडसन होटल र मुख्य गेट प्रायोजकमा माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि. रहेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij