२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

लायन्स सिद्धार्थनगर मिडटाउन कोटिहवाले मनायो १० औं वार्षिक उत्सव

सोमवार , मंसिर ११, २०८०

भैरहवा, ११ मंसिर ।
लायन्स क्लब अफ सिद्धार्थनगर मिडटाउन कोटिहवाले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित नेपाल अविनाश अनाथ आश्रम  कोटिहवामा १० औं वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशल डिष्ट्रिक ३२५ पी का फस्ट भाइस डिष्ट्रिक गभर्नर पुरुषोतम भक्त प्रधानाङले सामाजिक सेवा गर्दै अगाडि बढ्न र क्लबले गर्नुपर्ने कार्ययोजनाहरूबारे सल्लाह सुझाव दिए । त्यस्तै उद्योगी बसन्त रोका क्षेत्रीले लायन्सले गरेका गतिविधिको प्रशंसा गरे ।

२०१३ मा संस्थापक अध्यक्ष कमल प्रसाद रेग्मीको नेतृत्वमा २५ जना सदस्य रहि नेपाल अविनाश अनाथ आश्रम  तिलोत्तमा–१५ मै स्थापना गरेको स्मरण गराउँदै रेग्मीले आफ्नो अनुभव र अहिले पनि सदस्यहरुले भुकम्प २०७२ मा १३ लाखको सहयोग राशी बोकेर भुकम्पप्रभावित क्षेत्रमा सहयोग गर्दाको अनुभव सुनाएका थिए ।

त्यस्तै जोन चेयरपर्सन गोविन्द प्रसाद गिरी (जोन ३३) ले क्लबले सहयोगी हातहरु अगाडि बडाउन ६ जना नयाँ सदस्य थप गरेको जानकारी दिए । उनले क्लबको सक्रियताको प्रशंसा गरे ।

अविनाश अनाथ आश्रममा रहने बालबालिकाहरु पनि आफ्नै छोराछोरी जस्तै हुन भन्दै क्लबले आश्रममा आश्रित बालबालिकाहरुसँग वडादशै, तिहार तथा छठको शुभकामना आदानप्रदान गरेको थियो । त्यस्तै आश्रममा खाद्यान्न सामग्री, स्टेशनरी, ग्यास सिलिण्डर तथा एउटा खसी हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।

370671884_908951950746433_6628827515170321643_n.jpg

त्यस्तै क्यान्सरपीडित महिलाको उपचारार्थ रु. ४० हजार हस्तान्तरण गरिएको क्लबका कोषाध्यक्ष ईश्वर बुढाथोकीले जानकारी दिए ।

 कार्यक्रममा लायन्स डिष्ट्रिक एडभाइजर अर्चित श्रेष्ठ, लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष मनोज क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पीएडीको उपाधि प्राप्त गर्ने क्लबका पूर्व अध्यक्ष डा. शालिकराम भण्डारीलाई क्लबको नाम उचो राखेको भन्दै कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

366760427_1470388287152811_6690012901518094415_n.jpg

क्लबका अध्यक्ष विष्णु प्रसाद पराजुलीको अध्यक्षता, लायन्स क्लब इन्टरनेशल डिष्ट्रिक ३२५ पी का फस्ट भाइस डिष्ट्रिक गभर्नर पुरुषोतमभक्त प्रधानाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । क्लबका प्रथम उपाध्यक्ष पवन सराङकोटीको स्वागत तथा सचिव गोकर्ण खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो  ।