२०८२, चैत्र १५ गते

Mar 29 2026 | २०८२, चैत्र १५ गते

२६ जना प्रहरी सम्पर्कविहीन, सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

आइतवार , मंसिर १०, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, १० मंसिर । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका विभिन्न पदमा कार्यरत २६ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ। 

    आइतबार एक सार्वजनिक सूचना जारी गर्दै कार्यालयले करिब तीन महिनादेखि कुनै जानकारीविना नै सम्पर्कविहीन भएका उनीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको हो ।कार्यालयले सम्पर्कविहीन प्रहरीहरूको नाम र ठेगाना सार्वजनिक गर्दै हाजिर हुन भनेको हो ।