images

बिहिवार, बैशाख २० गते २०८१

उद्योगी-व्यवसायीको समस्या समाधानका लागि सरकार प्रतिवद्ध छ : मन्त्री रिजाल

उद्योगी-व्यवसायीको समस्या समाधानका लागि सरकार प्रतिवद्ध छ : मन्त्री रिजाल

images
images
images
बुधवार, मंसिर ६ २०८०
बुधवार, मंसिर ६ २०८०
  • उद्योगी-व्यवसायीको समस्या समाधानका लागि सरकार प्रतिवद्ध छ : मन्त्री रिजाल

    भैरहवा, ६ मंसिर ।
    चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देहीको आयोजनामा भैरहवामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सुरु भएको छ । ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने नाराका साथ सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा बुधबारदेखि सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।

    images
    images
    images

    महोत्सवको बुधबार एक कार्यक्रमकाबीच संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री रिजालले मुलुक बनाउनका लागि उद्योगी–व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘तपाईहरु निराश हुनुपर्ने आवश्यकता छैन । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्छ भन्ने तपाईहरुको भावना छ, हिजोको प्रधानमन्त्रीज्यूको कुराबाट अवगत हुनुभएको होला, निराश हुनुपर्ने छैन । ’

    मुलुक आर्थिक संकटमा छ भनिरहँदा उद्योग–व्यापारमा लगानी गर्ने मानिसहरुमा अलि नैराश्यता उत्पन्न भएको आफूले महसुस गरेको उनको भनाइ छ ।  कोभिडपछि नेपालमा मात्र नभइ संसारभरी यो समस्या आएको मन्त्री रिजालले बताए । तर, अन्य मुलुकका उद्योगी तथा नेतृत्व तहमा बसेका व्यक्तिहरु डटेर सामना गर्नुपर्ने मान्यता राखे पनि नेपालमा निराशाका कुरा मात्र हुने गरेको उनले बताए ।

    ‘उद्योगीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु । उनले भने,‘तपाईहरुको अभिभावकत्व सरकारले लिनेछ र भविष्यमा आउने समस्याको सामना गर्न नेपाल सरकार तपाईहरुको साथमा रहनेछ । तपाई हाम्रो संयुक्त पहलले नेपाल सरकारलाई झकझकाउन सजिलो पर्नेछ ।’

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा औद्योगिकरण र व्यापार विविधिकरणमा केही असहजता भएको महसुस भएको उनले बताए । उनले भने, ‘विमानस्थल पूर्ण सञ्चालनको लागि सरकार प्रयासरत छ । मेरो पनि पहल रहने विश्वास दिलाउन चाहन्छु । आफ्नै मुलुकमा उत्पादन हुन सक्ने वस्तु पनि ठूलो मात्रामा आयात भइरहेको तथ्यांकले देखाएको मन्त्री रिजालले बताए । उनले उद्योगी–व्यवसायीको समस्या समाधान गर्न सरकार पूर्ण प्रतिवद्ध रहेको दावी गरे ।

    त्यस्तै संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले मुलुकको विकासका शिक्षाको कुरा उठाउन जरुरी रहेको बताइन् । उनले समग्र विकासका लागि शिक्षाले प्रेरित गर्नेमा जोड दिइन् । मन्त्री साहले अर्थतन्त्र चलायमान बनाउन तथा हरेक क्षेत्रमा रोडम्याप बनाउन आवश्यक रहेको बताइन् ।

    नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय यथाशिघ्र पूर्ण सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले एकआपसमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

    लुम्बिनी प्रदेशका गृहमन्त्री तथा सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले प्रकृतिले नेपाललाई पर्यटनको लागि बनाइदिएको राष्ट्र भएको बताए । उनले नेपालमा पर्यटनको माध्यमबाट आर्थिक समृद्धि ल्याउन सकिने बताए ।

    विधानसभा नौतनवा (महराजगंज) का विधायक ऋषि त्रिपाठीले नेपाल भारतबीच भावनात्मक सम्बन्ध रहेको बताए । उनले दुई देशबीचको संस्कृतिमा खासै फरक नरहेको बताए ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआए आमरण अनशनमा बस्ने चेतावनी दिए । उनले लुम्बिनीको विकासले नेपालको विकास हुने बताए ।

    नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले देशको वर्तमान कहालीलाग्दो अवस्था आउनुको कारणबारे समीक्षा हुन आवश्यक रहेको बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याउनुपर्ने माग गरे ।

    उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गरी सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान गर्न सहयोग पु¥याउने बताए । उनले महोत्सवमा झण्डै ३ लाख दर्शकले अवलोकन गर्ने र २५ देखि ३० करोड मूल्य बराबरको कारोबार हुने विश्वास लिइएको बताए ।

    उद्योग व्यापार संगठन, रुपन्देहीका पूर्वअध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक नारायण प्रसाद भण्डारीले सरकारले निजी क्षेत्रलाई राहत दिने खालको कुनै कार्यक्रम ल्याउन नसकेको बताए । उनले यस्तै अवस्था आए निजी क्षेत्र झन धरासायी हुँदै जाने र बैंक पनि डुब्ने खतरा रहेको बताए ।

    संगठनका निवर्तमान अध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक अनिल कुमार ज्ञवालीले भारतीय पर्यटकलाई नेपालमा कम्तीमा भारु. ५ लाख रुपैयाँ ल्याउन दिनुपर्ने बताए ।

    उद्योगी बसन्त रोका क्षेत्रीले विदेश पलायन हुने नेपालीहरुको संख्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

    उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठको अध्यक्षता, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यता, उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीको स्वागत, संगठनका पूर्वअध्यक्ष खिम बहादुर खत्रीको धन्यवाद ज्ञापन तथा वरिष्ठ उपाध्यक्ष सचिन रोक्का र महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij