२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

छैठौं लुम्बिनी प्रादेशिक महोत्सवस्थलमा दिनहुँ रक्तदान कार्यक्रम हुने

मंगलवार , मंसिर ५, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, ५ मंसिर ।
    मंसिर ६ देखि १८ गतेसम्म भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० मा प्रत्येक दिन (महोत्सव अवधिभर) रक्तदान कार्यक्रम हुने भएको छ ।

    सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सञ्चालन हुने महोत्सवस्थलमा दिनहुँ रक्तदान कार्यक्रम गरिने नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष यादव प्रसाद आचार्य (वाई.पी.)ले बताए ।

    मेला सुरु हुने दिन बुधबार दिउँसो १२ बजेदेखि २ बजेसम्म र बिहीबारदेखि दिउँसो २ बजेदेखि ५ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिने आचार्यले जानकारी दिए । स्टल नम्बर १८ र १९ मा उक्त कार्यक्रम सञ्चालन गरिने भएकाले रक्तदान गर्न चाहनुहुने रक्तदाताले उक्त स्टलमा सम्पर्क गर्न सक्ने उनले बताए । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।

    WhatsApp Image 2023-11-21 at 4.07.30 PM.jpeg