images

बिहिवार, बैशाख २० गते २०८१

बुधबारदेखि भैरहवामा ‘छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८०’

बुधबारदेखि भैरहवामा ‘छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८०’

images
images
images
मंगलवार, मंसिर ५ २०८०
मंगलवार, मंसिर ५ २०८०
  • बुधबारदेखि भैरहवामा ‘छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८०’

    भैरहवा, ५ मंसिर ।

    images
    images
    images

    ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने नाराका साथ बुधबार (भोलि) देखि भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० को तयारी पूरा भएको छ । चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा भैरहवाको अञ्चलपुरमा मंसिर ६ देखि मंसिर १८ गतेसम्म हुने महोत्सवको तयारी पूरा भएको हो ।

    मंगलबार पत्रकार सम्मेलन गरी संगठनका अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवको तयारी पूरा भएको बताए । महोत्सवको आकर्षणको रुपमा मुख्य प्रवेशद्वारलाई हवाइजहाजको स्वरुपमा निर्माण गरिएको छ । लुम्बिनीको आर्थिक विकासको आधार पर्यटन मान्दै अरबौ रुपैयाँ लगानीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालन हुन नसकेको, होटल व्यवसायहरु धरासायी भएको बेला सरकारलाई दबाब दिने गरी विमानको आकृतिमा मुख्य प्रवेशद्वार बनाइएको श्रेष्ठले बताए ।

    कृषि, उद्योगका नयाँनयाँ प्रविधिको प्रचार र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको उनले बताए । स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने, सिमाक्षेत्रमा मेलाबाट स्वदेशी उत्पादनलाई प्रचारप्रसार गर्ने उद्देश्य समेत मेलाले लिएको छ । मेला उदघाटनअघि बुधबार बिहान जनचेतनामुलक ¥याली निकालिने छ । त्यसैगरी अनुगमन समिति गठन गरेर मेलामा राखिने स्टलको गुणस्तरप्रति सचेत गराइने उनले बताए । उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनले बताए ।

    mela ps.jpg

    कार्यक्रममा संगठनका पूर्वअध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक नारायण प्रसाद भण्डारीले विदेशमा राखिने यस्ता महोत्सवमा सहभागीहरुलाई सरकारबाट नै भत्ताको व्यवस्था गरिने भए पनि नेपालमा भने कुनै सहयोग नआउने गरेको उनले दुखेसो गरे । महोत्सवमा शनिबार र सार्वजनिक विदाबाहेक बिहान ९ देखि ११ बजेसम्म निःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको उनले बताए । महोत्सवमा राष्ट्रिय, स्थानीय साथै चर्चित भोजपुरी कलाकार पुनम पाण्डे, उमेश पटेल लगायत कलाकारहरुको प्रस्तुति रहनेछ ।

    कार्यक्रममा संगठनका महासचिव लक्ष्मी अधिकारीले तीन लाख दर्शकहरुले अवलोकन गर्ने महोत्सवमा २५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको लक्ष्य रहेको बताइन् । करिब एक करोड २० लाख खर्च हुने अनुमान रहेको महोत्सवमा ३५० स्टलहरु सहभागी हुने उनले बताइन् ।

    कार्यक्रमको उदघाटन संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गर्ने संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

    महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, प्रवद्र्धकमा पर्यटन परिषद् लुम्बिनी प्रदेश, लुम्बिनी साँस्कृतिक नगरपालिका, सियारी, शुद्धोधन, कञ्चन, रोहिणी, ओमसतिया, कोटहीमाई, सम्मरीमाई गाउँपालिका, सह–प्रायोजकमा एस.आर.स्टील प्रा.लि., रिया एण्ड रक्षा फुड्स प्रा.लि., माया तेल, टिकट प्रायोजकमा एन.जी. मार्केट मणिग्राम रुपन्देही, नेट पार्टनरमा डिस होम, आधिकारिक बैंकमा प्रभु बैंक लिमिटेड, पर्यटन पार्टनरमा बोधी रेडसन र मुख्य गेट प्रायोजकमा एभरेष्ट कत्था मिल रहेको महोत्सवका प्रचार प्रसार उपसमिति संयोजक कृष्ण प्रसाद पाण्डेले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij