मंगलवार , मंसिर ५, २०८०
काठमाडौं, ५ मंसिर । गाजाका सरकारी सञ्चार माध्यमले इजरायली आक्रमणबाट ८३ मस्जिदहरू ध्वस्त भएका र १७० क्षतिग्रस्त भएका दाबी गरेको छ ।
गत ७ अक्टोबरयता घेराबन्दीमा रहेको प्यालेस्टिनी एन्क्लेभमा इजरायली आक्रमणबाट कुल ८३ मस्जिद ध्वस्त भएका छन् र थप १७० मा क्षति पुगेको गाजाका सरकारी मिडियाले जनाएका हुन् । प्यालेस्टाइनीहरूले इजरायललाई गाजाका मस्जिदहरूलाई विनाशको लागि जानाजानी निशाना बनाएको आरोप लगाएका छन् । इजरायली सेनाहरूले हमासले आक्रमणबाट जोगाउन मस्जिदहरू प्रयोग गरेको निराधार दावी गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij