२०८२, चैत्र १५ गते

Mar 29 2026 | २०८२, चैत्र १५ गते

सहकारी अभियान्ता माधव देवकोटाको ट्रकको ठक्करबाट मृत्यु

सोमवार , मंसिर ४, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, ४ मंसिर । 
    रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटा सडक दुर्घटना परी मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ड्राइभरटोलस्थित सिदार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४९ प २२३० नम्बरको मोटरसाइकलमा सवार ना ६ ख ८१६१ ट्रकले पछाडिबाट ठक्कर दिदा मोटरसाइकल चालक देवकोटाको निधन भएको हो ।

    देवकोटासँगै सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरु दुवैको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ ।