images

शनिवार, बैशाख १५ गते २०८१

एक सय पर्यटकीय क्षेत्र घोषणा गर्दैछौं : रामु जोशी

एक सय पर्यटकीय क्षेत्र घोषणा गर्दैछौं : रामु जोशी

images
images
images
सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • एक सय पर्यटकीय क्षेत्र घोषणा गर्दैछौं : रामु जोशी

    लुम्बिनी प्रदेश पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । यहाँको पर्यटन उकास्नको लागि लुम्बिनी प्रदेश सरकारले पर्यटन विकास परिषद् घोषणा गरेको छ । परिषद्ले लुम्बिनीको पर्यटकीय क्षेत्रको विकासको लागि गरेका काम र गर्ने योजनाको बारेमा परिषद्का कार्यकारी निर्देशक रामु जोशीसँग खबरपात्रोका लागि आचार्य प्रदीपले गरेको कुराकानीको सम्पादित अंश :

    images

    लुम्बिनी प्रदेश बाहिरी रुपमा हेर्दा पर्यटकीय क्षेत्रले भरिपूर्ण देखिन्छ,के कस्ता सम्भाव्यता देख्नुहुन्छ ?
    लुम्बिनी प्रदेशमा मुख्यतः धार्मिक साँस्कृतिक पर्यटनको राम्रो सम्भावना छ । यहाँ बौद्ध धर्मालम्बीहरुको मुख्य थलो लुम्बिनी तथा हिन्दू धर्मावलम्बीका विभिन्न धार्मिकस्थलहरु छन् । यसका साथै लुम्बिनी प्रदेश हिल स्टेसनको पनि राम्रो सम्भावना बोकेको क्षेत्र हो । छिमेकी मुलुक भारतमा गर्मीमा ४५ डिग्री तापक्रम हुन्छ, १ सय किलोमिटर भन्दा नजिक पाल्पा क्षेत्रको तापक्रम २७ डिग्री भन्दा कम हुन्छ । चुरे क्षेत्र र महाभारत पहाडी क्षेत्रमा हिलस्टेसनको राम्रो सम्भावना रहेको छ । यहाँ साँस्कृतिक सम्भावना पनि उत्तिकै छ । यहाँका थारु, गुरुङ, मगर लगायतका समुदायका साँस्कृतिक फरकफरक रहनसहन रहेका हुन्छन् । यी कुरालाई समेटेर साँस्कृतिक ग्राम निर्माण गर्न सकिन्छ ।यसमा उनीहरुका नृत्य, खानपान, पहिरन, बोलीभाषा, खानाका परिकार लगायतको प्रचारप्रसार गर्न सकिन्छ । यसका साथै ऐतिहासिक स्थल, जातजातीय पर्व, रानीमहल लगायतको इतिहासको बारेमा बताउँदै यसको प्रचारप्रसारको राम्रो सम्भावना छ । कृषि क्षेत्रमा समेत राम्रो पर्यटकीय सम्भावना रहेको छ । फार्म हाउसको पनि म राम्रो सम्भावना देख्छु ।
    खासगरी लुम्बिनी प्रदेशमा दुईवटा मुख्य क्षेत्र रहेका छन् ।पहिलो लुम्बिनी र दोस्रोबर्दिया । लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्दै यसका अन्य क्षेत्रको बारेमा पनि जोडेर प्रचार गर्न आवश्यक छ । यहाँ आउने पर्यटकलाई १२ जिल्लामा पु¥याउन सकिन्छ । बर्दिया आन्तरिक एवं बाह्य पर्यटकीय क्षेत्रको बनेको छ । कतै बाघ नदेखेमा बर्दिया देखिन्छ भन्ने कुरा स्थापित भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जलेटीएक्स टु अवार्ड पनि पाएको छ ।यसका साथै स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्नुपर्ने देखिन्छ। यसले पर्यटकीय सम्भावनालाई बढाउँछ ।

    लुम्बिनी प्रदेशमा पर्यटकीय सम्भाव्यताका बाबजुद चुनौतीहरु केके छन् ?
    पर्यटन सम्बन्धी राम्रो नीति नहुनु नै प्रमुख चुनौती नै हो । हामीले स्वीकार्नुपर्ने कुरा के हो भने पर्यटन क्षेत्रमा बजेटको अभाव छ । आएको बजेट अपुग छ । यो क्षेत्रमा बजेट बढाउनु आवश्यक पनि छ । दक्ष जनशक्तिको अभाव पनि पर्यटकीय क्षेत्रले भोग्नुपर्ने चुनौती हो । हामीले हाम्रा गन्तव्यको बारेमा लक्षित बजारमा हामीले प्रचारप्रसार गर्न लागेको छैन् । हामीले यो स्वीकार्ने पर्छ, कि राजनीतिक उथुलपुथुलले पनि निकै प्रभावित हुने गर्दछ । पटकपटक फेरिरहने मन्त्रीहरुले गर्ने क्रियाकलाप फरकफरक हुने गर्दछ ।

    आर्थिक मन्दीले पर्यटकहरुमा खर्च गर्न सक्ने अवस्था छैन्, यस्तो अवस्थामा निजी क्षेत्र सरकारको मुख ताकेर बसेको छ, प्रदेश सरकारले पर्यटनलाई कसरी चलायमान बनाउला त ?
    हरेक कुरा सरकारको मात्रै मुख ताकेर हुँदैन । सरकारले होटल चलाउने त होइन । सरकारले गर्ने भनेको नीतिनिर्माण गर्ने, पर्यटकीय क्षेत्रमा बाटोघाटो, खानेपानी, विद्युत लगायतको प्रबन्ध हामीले गर्ने हो । हामीले अहिले पर्यटन नियमावली बनाउँदै गएका छौँ । यसको विषयमा विभिन्न क्षेत्रमा छलफल पनि हामीले गरेका छौँ । पर्यटनसँगसम्बन्धीत सरोकारवालाहरुको राय सुझाव अनुसार नियमावली बनाउने योजना छ । अहिलेसम्म लुम्बिनीका दाङ पश्चिमका जिल्लाहरुमा छलफल सकिएको छ । अब रुपन्देहीसहितका जिल्लाहरुमा छलफल हुँदैछ । हामीले दक्ष जनशक्ति उत्पादनको लागि तालिमहरु पनि प्रदान गरेका छौं । टुर गाईड तालिम, होटल व्यवस्थापन तालिम, डिजिटल मार्केटिङ तालिम लगायतका कामहरु गरिरहेका छाँं । हामीले दिने तालिमको प्रमाणपत्रको आधारमा रोजगारी पाउनेवातावरण बन्छ । यस्ता कार्यहरुले पर्यटन क्षेत्र चलायमान हुँदै जान्छ ।

    आर्थिक मन्दी देखाउँदै व्यवसायीहरुले पहिलेभन्दा धेरै मूल्य लिने गरेको र सेवाको स्तर खस्केको पनि गुनासो सुनिन्छ, यसको सहजीकरण सरकारले कसरी गर्छ ?
    सबैभन्दा पहिला पर्यटकले के चाहन्छ, त्यो अनुसारको व्यवसाय गर्नु व्यवसायीको कर्तब्य हो । यहाँ आफूलाई जे जस्तो लाग्यो त्यहीअनुसारको सेवा प्रदान गरिन्छ । यस कारणले गर्दा सेवा महंगो तर स्तर खस्केको भन्ने यस किसिमका गुनासो हामीकहाँ पनि नआउने होइनन् । तर हामीकहाँ नीतिको अभावको कारणले गर्दा अनुगमनको बाटोको अभाव भएको छ। पर्यटन डिभिजन कार्यालय मातहत दर्ता गर्नेगरि कानून निर्माण गरेमा त्यसको अनुगमन गर्ने हो । कुन स्तरसम्मका होटल व्यवसाय कुन तहको मातहतमा रहने भन्ने कुरा पनि कानूनमा नै विभाजित रहेको छ । यसलाई चिरेर लुम्बिनीले कानून बनाएर अनुगमन लगायतका कामहरुलाई निरन्तरता दिइने छ ।

    पर्यटकीय स्थलको प्रचारप्रसार तथा गन्तव्यसम्म पूग्ने पहुँचमार्गको समस्या पनि छ, यसको समाधान कसरी हुन्छ त ?
    एउटा हामी सबैले बुझ्नुपर्ने कुरा के हुन्छ भने, कुनै स्थलमा हिड्दै जानुपर्ने हुन्छ । तपाई हामी पनि विदेशका पर्यटकीय स्थल पुग्दा सवारीसाधन बाटोमा राखेर हिडेर नै गन्तव्यमा पुग्ने कुरा पनि छन् । अन्यको हकमा भने सरकारले गर्नुपर्छ । कहाँ के कुराको अभाव छ भन्ने कुराको जानकारी कुनै न कुनै माध्यमबाट सम्बन्धित क्षेत्रमा दिएमा त्यो कुराको पनि समाधान हुनेछ ।

    अब प्रचारप्रसारको कुरा गर्दा लुम्बिनी प्रदेशले १ सय वटा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा लाग्दैछौं । प्रदेशका सबै स्थानमा होडिङ बोर्डदेखि डिजिटल बोर्डसम्मका कामहरु हामीले गर्दैछौं । कुन जिल्लामा कुन कुन क्षेत्र छन् त्यसको बारेमा पनि जानकारी उपलब्ध गराउने योजना छ । साथै माउथ टु माउथ विज्ञापन प्रभावकारी हुने भएको सवारीचालक, सहचालक तथा ई–रिक्सा चालकहरुलाई समेत यसको बारेमा जानकारी उपलब्ध गराउने बातावरण पनि मिलाउने योजनामा छौँ ।

    पर्यटक खुसी बनाउन र बसाई लम्ब्याउन सरकारले योजना नल्याएको गुनासो निजी क्षेत्रको छ नि ?
    हामीले प्रदेशका १२ जिल्लामानै साँस्कृतिक ग्राम भनेर निर्माण अवधारणा रहेको छ । जुन क्षेत्रमा जुन समुदायको ग्राम हो त्यही समुदायका सम्पूर्ण कुराहरुको प्रयोग गर्ने योजना । १ सय गन्तव्यका सूची होटलहरुमा राख्ने र पर्यटकलाई घुम्नको लागि प्रेरित गर्ने हो । पर्यटक खुसी बनाएर आम्दानी गर्ने हो भन्ने कुरा व्यवसायीहरुले बुझ्नुप¥यो । हामीले पर्यटक आउने, बस्ने, खर्चगर्ने वातावरण मिलाउँछौँ । यसका साथै धार्मिक सर्किटहरु निर्माणको योजना पनि रहेको छ । यसका साथै लिडर टु लोरेन्स कार्यक्रमले पनि पर्यटक आवागमन बढाउने अपेक्षा गरेका छौँ ।

    तपाई परिषद्को नेतृत्वमा हुनुहुन्छ, तपाईका योजना के के छन्, कहिलेसम्म र कसरी कार्यान्वयनमा लैजानुहुन्छ ?
    मुख्यमन्त्री डिल्ली बहादुर चौधरी नै पर्यटन मन्त्री हुनुहुन्छ । उहाँको बौद्धिक क्षमताको उपयोग गर्दै पर्यटनलई उकास्नको लागि हामीले विभिन्न किसिमका कार्यक्रमहरु गरिरहेका छौँ । पर्यटकीय क्षेत्रको बारेमा अध्ययन तथा अनुसन्धान गरिरहेका पनि छौं । हामीले प्रदेशभरका ३२० वटा गन्तव्य पहिचान गरेका छौँ । यसमध्येबाट १ सय गन्तव्य छानेर प्रदेश सरकारले नै यी क्षेत्रको प्रवद्र्धन गर्ने कामको लागि वातावरण मिलाउँदै छौं । १ सय पर्यटकीय स्थल घोषणा गर्ने तयारीमा रहेका छौं । यसो भएमा सबै जिल्ला र क्षेत्र समेटेर प्याकेज बनाउन पनि सहज हुनेछ । हामीले यी क्षेत्रमा सहज पहुँचको लागि यातायातको व्यवस्थाको पहल पनि गरेका छौं । केही समयमा नै सार्वजनिक यातायात सेवा प्रदायकसँग सिंगल रुटको व्यवस्थापन गर्नको लागि आग्रह गर्ने विषयमा पनि छलफलको योजना रहेको छ ।

    हामीले बर्दियामा विश्व पर्यटन दिवस मनाएका छौं । भारतीय पर्यटक लक्षित गर्दै गरेको कार्यक्रम पनि निकै प्रभावकारी रह्यो । यसका साथै लुम्बिनी भ्रमण दशक भनेर सञ्चालन गर्ने योजना पनि रहेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij