२०८२, आश्विन ३१ गते

Oct 17 2025 | २०८२, आश्विन ३१ गते

एनएसपीएलको अक्सनमा छनोट भए भैरहवाका सलिम अली

बिहिवार , आश्विन ३०, २०८२

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, ३० असोज । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) क्रिकेटको अक्सनमा रुपन्देहीको भैरहवाका सलिम अली छनोट हुनुभएको छ । सिद्धार्थनगर नगरपालिका–६ निवासी अली मर्निङ क्रिकेट क्लबका सदस्य हुनुहुन्छ ।

    नेपालकै सबैभन्दा ठूलो टेनिस बल क्रिकेट प्रतियोगिता मानिएको नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) को सोमबार सम्पन्न अक्सनमा सलिम अली छनौट हुनुभएको क्रिकेट खेलाडी दामोदर शर्माले बताउनुभयो । अलीलाई काठमाडौं किंग्सले खरिद गरेको उहाँले जानकारी दिनुभयो ।

    भैरहवाका खेलाडी एनएसपीएलको अक्सनमा छनौट भएको खबर पाउँदा खुसीको अनुभुति भएको सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताउनुभयो ।