images

शनिवार, बैशाख १५ गते २०८१

पर्यटकीय स्थलसम्म पुग्न ‘कनेक्टिविटी’ आवश्यक छ : गोविन्द ज्ञवाली

पर्यटकीय स्थलसम्म पुग्न ‘कनेक्टिविटी’ आवश्यक छ : गोविन्द ज्ञवाली

images
images
images
आइतवार, मंसिर ३ २०८०
आइतवार, मंसिर ३ २०८०
  • पर्यटकीय स्थलसम्म पुग्न ‘कनेक्टिविटी’ आवश्यक छ : गोविन्द ज्ञवाली

    नेपालमा विभिन्न किसिमका पर्यटकीय गन्तव्यहरु रहेका छन् । पर्यटन क्षेत्रको चलायमानले देशको आर्थिक अवस्था समेत बलियो बन्दै जान्छ । लुम्बिनी प्रदेशमा पनि विभिन्न किसिमका पर्यटकीय क्षेत्रहरु रहेका छन् । लुम्बिनी प्रदेशमा पर्यटकीय सम्भावना, चुनौती, अवसरहरु, सरकार र निजी क्षेत्रबाट गर्नुपर्ने कामको बारेमा  लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीसँग खबरपात्रोले गरेको कुराकानीको सम्पादित अंश :

    images

    लुम्बिनी प्रदेशमा पर्यटनको सम्भावना कस्तो देख्नुहुन्छ ?
    लुम्बिनी प्रदेशमा पर्यटनको धेरै सम्भावना छन् । यहाँ बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, अर्घाखाँचीको सुपा देउराली, पाल्पाको भैरवस्थान, रानीमहल, बाँकेको बागेश्वरी मन्दिर, प्यूठानको स्वर्गद्वारी, बर्दिया राष्ट्रिय निकुञ्जलगायत विभिन्न पर्यटकीय स्थल छन् । अझ भन्नुपर्दा लुम्बिनी प्रदेशमा पर्यटन विकासको प्रचुर सम्भावना छ ।

    अहिले हामीमाझ रहेका मुख्य चुनौतीहरु के हुन् ?
    चुनौतीको रुपमा भन्नुपर्दा स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाका व्यवस्थित हुन सकेको छैन । पर्यटकलाई सीमा नाकामा केही झण्झटिलो प्रक्रियाका कारण असजहता भएको भन्ने गुनासो आइरहन्छ । अर्को चुनौती भनेको नेपाल आउने पर्यटकलाई भारु २५ हजार भन्दा बढी ल्याउन रोक लगाइएको छ । पर्यटक धेरै भित्र्याउन खोज्ने तर खर्च गर्नका लागि वातावरण सिर्जना गर्न नसक्ने हो भने पर्यटन क्षेत्रको विकास कसरी हुन्छ ?

    आर्थिक मन्दीका कारण घुमफिरमा खर्च गर्न नसक्ने अवस्था छ, यस्तो अवस्थामा निजी क्षेत्रले सरकारको मुख हेरेर बसेको अवस्था छ, पर्यटन कसरी चलायमान बनाउनुपर्छ ?
    पर्यटन क्षेत्रलाई चलायमान बनाउन सर्वप्रथम पर्यटकलाई राम्रो आतिथ्यता प्रदान गर्नुपर्छ । त्यस्तै कम्तीमा राती १० बजेसम्म लुम्बिनीस्थित मायादेवी मन्दिर खुल्ला राख्नुपर्छ । यसले लुम्बिनीमा आध्यात्मिक वातावरण बन्छ । लुम्बिनीसँगै तिलौराकोट, देवदह, रामग्रामलगायत बुद्धसँग सम्बन्धित पर्यटकीय स्थलको प्रचारप्रसार गर्नुपर्छ । लुम्बिनी प्रदेशमा रहेका सम्पूर्ण पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न जरुरी छ । यसमा सञ्चार क्षेत्रमा भूमिका पनि महत्वपूर्ण छ ।

    मन्दीको कारण देखाउँदै व्यवसायीले सामान्य अवस्थामा भन्दा झन् धेरै मूल्य लिने गरेको र सेवाको स्तर पनि खस्किएको गुनासो सुनिन्छ । यसमा यहाँको धारणा के छ ?
    यसका लागि अनुगमन गर्नुपर्ने आवश्यकता छ, अनुगमनलाई बढाउनुपर्छ । अनुगमन गरी सत्यथ्य बाहिर ल्याउनुपर्छ । गल्ती गर्ने व्यक्ति दण्डित हुनुपर्छ । आर्थिक मन्दीको कारण देखाउँदै कसैले पनि कानूनविपरीतका कार्य गर्न पाउँदैन ।

    पर्यटकीय स्थलहरुको प्रचारप्रसार र ती स्थलहरुसम्म पुग्ने यातायातकै समस्या छ, यसको समाधान कसरी हुन्छ ?
    अवश्य नै पर्यटकीय स्थलहरुको प्रचारप्रसार आवश्यक छ । पर्यटकीय स्थलसम्म पुग्न ‘कनेक्टिविटी’ आवश्यक छ । रुपन्देहीको भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन सकेको छैन । विमानस्थललाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनुपर्छ । लुम्बिनी जाने सडकमा रहेका दुईवटा पुल लामो समयदेखि निर्माण कार्य सुरु भए पनि हालसम्म पनि निर्माणसम्पन्न भएको छैन । जसका कारण स्थानीयसँगै पर्यटकलाई आवातजावतमा समस्या उत्पन्न भएको छ ।

    पर्यटकलाई खुशी बनाउन र बसाइ लम्बाउनका सरकारले कुनै योजना ल्याएन भन्ने गुनासो निजी क्षेत्रको छ, तपाईसँग के योजना छन्, कसरी र कहिलेसम्म कार्यान्वयनमा लैजानुहुन्छ ?
    पर्यटकको बसाई लम्बाउन पर्यटकलाई भुलाउने वातावरण बनाउनुपर्छ । लुम्बिनी आएका पर्यटकलाई बर्दिया, सौराहा, पोखरा लगायतका विभिन्न पर्यटकीय स्थलमा लैजाने वातावरण बनाउन जरुरी छ । यसका लागि राज्यले पहल गर्नुपर्छ । निजी क्षेत्रले बारम्बार आवाज उठाइरहकै छ । पर्यटकलाई भुलाउन सकिए मात्र उहाँहरुको बसाई लम्ब्याउन सकिन्छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij