images

शनिवार, बैशाख १५ गते २०८१

रात्रीकालीन बजारलाई प्रवर्द्धन गर्नुपर्छ : अनिल ज्ञवाली

रात्रीकालीन बजारलाई प्रवर्द्धन गर्नुपर्छ : अनिल ज्ञवाली

images
images
images
शनिवार, मंसिर २ २०८०
शनिवार, मंसिर २ २०८०
  • रात्रीकालीन बजारलाई प्रवर्द्धन गर्नुपर्छ : अनिल ज्ञवाली

    नेपालमा विभिन्न किसिमका पर्यटकीय गन्तव्यहरु रहेका छन् । पर्यटन क्षेत्रको चलायमानले देशको आर्थिक अवस्था समेत बलियो बन्दै जान्छ । लुम्बिनी प्रदेशमा पनि विभिन्न किसिमका पर्यटकीय क्षेत्रहरु रहेका छन् । लुम्बिनी प्रदेशमा पर्यटकीय सम्भावना, चुनौती, अवसरहरु, सरकार र निजी क्षेत्रबाट गर्नुपर्ने कामको बारेमा  सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीसँग खबरपात्रोले गरेको कुराकानीको सम्पादित अंश :

    images

    लुम्बिनी प्रदेशमा पर्यटनको सम्भावना कस्तो देख्नुहुन्छ ?

    लुम्बिनी प्रदेश पर्यटनको सम्भावनै सम्भावना भएको प्रदेश हो । यहाँ गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित विभिन्न पर्यटकीय स्थलहरु छन् । लुम्बिनी प्रदेश पर्यटनको प्रदेश पनि हो भनेर विभिन्न ठाउँमा चर्चा समेत हुने गरेको छ । पर्यटन क्षेत्रको विकासले रोजगारी सिर्जना हुन्छ । राजस्व संकलन हुन्छ । विदेशिने युवाहरुलाई नेपालमै रोक्न सकिन्छ ।

    अहिले हामीमाझ रहेका मुख्य चुनौतीहरु के हुन् ?
    पर्यटन क्षेत्रको सम्भावनासँगै यहाँ विभिन्न चुनौतीहरु पनि छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन सकेको छैन । विमानस्थलको अपेक्षामा अरबौंको लगानीमा निर्माण भएका विभिन्न होटल सञ्चालनमा आउन सकेका छैनन् । बेलहिया नाका अस्तव्यस्त छ । पर्यटकलाई रोक्ने वातावरण बन्न सकेको छैन । बैंकले उद्योगी–व्यवसायीलाई ‘टर्चर’ दिने काम गरेको छ । यस्ता कार्यालाई तत्काल रोक्नुपर्दछ । भारतीय नम्बर प्लेटको गाडी देख्ने बित्तिकै दुःख दिनु गलत हो । क्यासिनोमा आउने व्यक्ति पनि पर्यटक नै हुन् ।

    आर्थिक मन्दीका कारण घुमफिरमा खर्च गर्न नसक्ने अवस्था छ, यस्तो अवस्थामा निजी क्षेत्रले सरकारको मुख हेरेर बसेको अवस्था छ, पर्यटन कसरी चलायमान बनाउनुपर्छ ?
    भारतीय पर्यटकलाई कम्तीमा पनि भारु ४–५ लाख रुपैयाँ ल्याउन दिनुपर्छ । अनि बल्ल पर्यटकले धेरै खर्च गर्न पाउँछन् । लुम्बिनी गुरुयोजनाले अझै पनि पूर्णता पाएको छैन । यसलाई यथाशिघ्र पूर्णता दिनुपर्छ । लुम्बिनीसँग तिलौराकोट, देवहद, रामग्राम लगायत बुद्धसँग सम्बन्धित क्षेत्रको विकासमा उत्तिकै ध्यान दिनुपर्छ । पर्यटकको बसाइ लम्ब्याउन कम्तीमा एक हप्ताको प्याकेज बनाउनुपर्छ । कतिपय पर्यटकीय स्थल पुग्ने सडक पूर्वाधारमा सरकारले ध्यान दिनुपर्छ । रात्रीकालीन बजारमा अब केन्द्रीत हुनुपर्छ । लाखौं पर्यटक भित्र्याउन सके र बसाई लम्ब्याउन सके नेपालको आर्थिक विकास र समृद्धिमा ठूलो टेवा पुग्छ ।

    मन्दीको कारण देखाउँदै व्यवसायीले सामान्य अवस्थामा भन्दा झन् धेरै मूल्य लिने गरेको र सेवाको स्तर पनि खस्किएको गुनासो सुनिन्छ । यसमा यहाँको धारणा के छ ?
    व्यवसायीले पनि केही कुरामा सुधार गर्नैपर्छ । खासगरी भन्सार दर धेरै भएकाले नेपालमा पाइने सामानको मूल्य केही बढी भएको जस्तो लाग्छ । सरकारले भन्सार दर घटाउनुपर्छ । अवैध रुपमा भारतबाट नेपाल भित्र्याउने कार्यलाई पूर्ण रुपमा रोक्नुपर्छ । सबैले भन्सार तिरेर मात्र भारतबाट नेपालमा सामान भित्र्याउनुपर्छ । बल्ल एकरुपता हुन्छ । उपभोक्तालाई स्वदेशी बजारमै सामान किन्ने वातावरण सिर्जना गर्नुपर्छ ।

    पर्यटकीय स्थलहरुको प्रचारप्रसार र ती स्थलहरुसम्म पुग्ने यातायातकै समस्या छ, यसको समाधान कसरी हुन्छ ?
    हो । पर्यटन क्षेत्रको विकास नहुनुको प्रमुख कारण यातायातको समस्या हो । कतिपय पर्यटकीय स्थलसम्म पुग्न यातायातको व्यवस्था नहुँदा पर्यटकको नेपाल आउन खोजे पनि उनीहरु अन्य देश जान बाध्य छन् । पर्यटकीय सौन्दर्यताले नेपालले धनी देश हो । आजका पर्यटक दुःख पाएर भ्रमण गर्न जान खोज्दैनन् । पर्यटकीय गन्तव्यसम्म छिटो पुग्न सरकार राम्रो र चौडा सडक निर्माण गनेतर्फ अगाडि बढ्नुपर्छ ।

    पर्यटकलाई खुशी बनाउन र बसाइ लम्बाउनका सरकारले कुनै योजना ल्याएन भन्ने गुनासो निजी क्षेत्रको छ, तपाईसँग के योजना छन्, कसरी र कहिलेसम्म कार्यान्वयनमा लैजानुहुन्छ ?
    निजी क्षेत्रले निरन्तर आवाज उठाउँदै आएको छ । ठूला भवनले पर्यटकलाई खुशी बनाउन सकिदैन । यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन र पर्यटकको बसाइ लम्ब्याउन रात्रीकालिन बजार सञ्चालन गर्नुपर्छ । निजी क्षेत्रले मात्र चाहेर हुँदैन । यसमा स्थानीय सरकार र सुरक्षा निकायले साथ दिनुपर्छ । पर्यटकलाई मुस्कानसहित स्वागत गर्नुपर्छ । खुल्ला सीमा नाका भएकाले भारतीय पर्यटक र सवारीसाधनलाई कम्तीमा राती १२ बजेसम्म नेपाल प्रवेश गर्न दिनुपर्छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij