२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

गत वर्ष अध्ययनका लागि अमेरिका गए १५ हजार बढी नेपाली विद्यार्थी

शुक्रवार , मंसिर १, २०८०

काठमाडौं, १ मंसिर । 
एकै वर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या १५ हजार नाघेको छ । नेपालस्थित अमेरिकी दुतावासका अनुसार गत वर्षमा १५ हजार ९० जना नेपाली विद्यार्थी अध्ययनका लागि अमेरिका पुगेका छन् । 

अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्ट सार्वजनिक भएलगत्तै अमेरिकी दुतावासले यो जानकारी दिएको हो । ‘उक्त रिपोर्ट अनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संख्या गत वर्ष २७‍.९ ले वृद्धि भइ १५ हजार ९० पुगेको छ, जुन संख्या हालसम्मकै उच्चतम हो’ अमेरिकी दुतावासले भनेको छ ।

शैक्षिक वर्ष २०२२–२०२३ मा १० लाख भन्दा धेरै अर्थात १० लाख ५७ हजार १८८ जना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा परेको अमेरिका परेको छ । उसका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शीर्षस्थ गन्तव्यको रूपमा अझै पनि अमेरिका रहेको जनाउँदै सबैलाइ शुभकामना दिएको छ ।