२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा

शुक्रवार , मंसिर १, २०८०

  • 814
    Shares
  • 814
    Shares
  • काठमाडौं, १ मंसिर । 
    अस्ट्रेलिया जारी क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले ४९.४ ओभरमा अलआउट हँुदै २१२ रन बनाएको थियो ।
    अब फाइनलमा अस्ट्रेलियाले उपाधिका लागि आयोजक भारतको सामना गर्ने छ । फाइनल खेल आइतबार हुनेछ ।