२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लक्ष्मीप्रसाद देवकोटा व्यक्ति मात्र होइन, आफैमा एउटा विचार हो : मन्त्री पाण्डेय 

मंगलवार , कार्तिक २८, २०८०

भैरहवा, २८ कार्तिक ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले महाकवि लक्ष्मीप्रसाद देवकोटा व्यक्ति मात्र नभइ आफैमा एउटा विचार भएको बताएका छन् । उनले त्यो विचारका माध्यमबाट र त्यसलाई समाजमा लैजादै समाज सुधार गर्न सकिने बताए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीका अवसरमा सिद्धार्थ साहित्य परिषद् रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको स्रष्टा सम्मान एवं रचना वाचन साहित्यिक समारोहमा बोल्दै गृहमन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले भने, ‘लक्ष्मीप्रसाद देवकोटालाई आज चिनाउनुपर्ने छैन । त्यस्ता व्यक्तिहरुको कहिल्यै मृत्यु हुँदैन । त्यस्ता व्यक्तिहरु सधै विचारको माध्यमले सधै जीवित रहन्छन् । नेपाली साहित्यमा उहाँको योगदान महत्वपूर्ण छ ।’

WhatsApp Image 2023-11-13 at 2.33.47 PM (1).jpeg

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले नेपालमा लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ लगायत धेरै धार्मिक तथा पर्यटकीय स्थल रहेको र पर्यटकीय स्थलको व्यवस्थापन गर्न सके मात्र पनि मुलुक आर्थिक रुपमा समृद्ध हुने बताए ।

व्यवस्थापन पक्ष राम्रो हुन सके र नेपालमा पर्यटक मात्र भित्र्याउन सके पनि राष्ट्रको आर्थिक समृद्धिमा टेवा पुग्ने उनको भनाइ छ ।  साहित्यले देश र समाजको विकासका लागि महत्वपूर्ण योगदान पुर्याउने मन्त्री पाण्डेयले बताए ।