images

मंगलवार, बैशाख १८ गते २०८१

चलचित्र विकास बोर्ड र पत्रकारद्वारा बुटवलका सिनेमा हलहरुको निरीक्षण

चलचित्र विकास बोर्ड र पत्रकारद्वारा बुटवलका सिनेमा हलहरुको निरीक्षण

images
images
images
मंगलवार, कार्तिक २८ २०८०
मंगलवार, कार्तिक २८ २०८०
  • चलचित्र विकास बोर्ड र पत्रकारद्वारा बुटवलका सिनेमा हलहरुको निरीक्षण

    बुटवल, २८ कार्तिक । 
    नेपाल चलचित्र विकास बोर्ड र चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलका सिनेमा हलहरुको सोमबार निरीक्षण गरेको छ । बोर्डका सदस्य तथा प्रवक्ता केएल बुढाथोकीसहित चलचित्र पत्रकार संघ रुपन्देहीको नेतृत्वमा बुटवलका केही फिल्म हलहरुको निरीक्षण तथा मोफसलमा फिल्म व्यापारको अवस्थाबारे अन्तरक्रिया गरिएको हो ।

    images

    विश्वव्यापी कोरोना महामारी तथा आर्थिक मन्दीसँगै देशभरका सिनेमा हलहरु मर्कामा परेको बताउँदै चलचित्र विकास बोर्डका सदस्य एवं प्रवक्ता बुढाथोकीले फेरि पहिलेकै अवस्थामा ल्याउने गरी बोर्ड लागिपरेको बताए । विशेष गरी मोफसलमा हलहरुमा दर्शक ल्याउने गरी आफ्नो पहल सधै जारी रहने उनले प्रतिवद्धता गरे । 

    त्यस्तै चलचित्र पत्रकार संघ रुपन्देहीका पूर्वअध्यक्ष सुमन श्रेष्ठले विगतदेखि नै मोफसललाई केन्द्रले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । श्रेष्ठले बुटवल लगायत काठमाडौं बाहिरका शहरहरुमा पनि सुविधासम्पन्न र स्तरीय फिल्म हलहरु थपिने क्रम बढेको बताउँदै चलचित्रको व्यापार विस्तारका लागि दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए ।

    चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले मोफसलमा रहेर काम गरिरहेका पत्रकार तथा रंगकर्मीका लागि राज्यले आवश्यक लगानी गर्न नसकेको गुनासो गरे । समग्र चलचित्र क्षेत्रको विकासले पर्यटन विकासलाई समेत टेवा पुर्याउने बताउँदै न्यौपानेले सरकारले यसको लागि विशेष पहल गर्नुपर्ने बताए । 

    संघका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठले मोफसलमा रहेर कलम चलाउने पत्रकारहरुको क्षमता विकासका लागि चलचित्र विकास बोर्डले लगानी गर्न आग्रह गरे । 

    निरीक्षणका क्रममा बुटवल भाटभटेजीमा रहेको क्यूएफएक्सका व्यवस्थापक महेश्वर गिरी, भ्यूसिनेमाज बुटवलका सञ्चालक प्रेमप्रकाश श्रेष्ठ, तथा क्यूबक्स बुटवलका सञ्चालक महेन्द्र नारायण श्रेष्ठले आफ्ना समस्याहरुबारे चलचित्र पत्रकार र बोर्डलाई जानकारी गराएका थिए । उनीहरुले समग्र चलचित्र क्षेत्रको विकासका लागि आफूहरु समन्वय गर्न हरदम तयार रहेको बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij