२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

नवलपुर जीप दुर्घटनामा सातजनाको मुत्यु

आइतवार , कार्तिक २६, २०८०

नवलपुर, २६ कार्तिक । पूर्वी नवलपरासीको दलदले बुलिङटार सडक खण्डको देवचुुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार बिहान ११ः१५ बजे भएको बोलेरो जीप दुर्घटनामा ७ जनाको ज्यान गएको छ ।

ग १ ज ३२७० नम्बरको बोलेरो जीप अनियन्त्रित भै ओमराज अधिकारीको बन्दै गरेको घरमा ठोक्किएको थियो । जिल्लाको अर्खलाबाट दलदले आउँदै गरेको बोलेरो जीप देवचुली नगरपालिकाको वडा नं. ६ को गोरेघुम्तीमा सडकबाट एक सय ५० मिटर तल ओमराज अधिकारीको घरमा ठोक्किन पुगेको थियो ।

जीपमा सवार ७ जना मध्ये छ जनाको घटनास्थलमा नै ज्यान गएको छ भने घटनामा गम्भीर घाईते भइ उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएकाे उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेद बहादुर पाैडेलले जानकारी दिए ।

मृत्यु हुनेमा बौदीकाली गाउँपालिका- ६ माझडाँडा बस्ने बर्ष २९ का छन बहादुर आले (चालक), सोही स्थान लाहपे बस्ने बर्ष ५२ की कुमारी राना (सवारी), माझडाँडा बस्ने बर्ष ५५ को टेकमान वानटक्की (सवारी), बुलिङटार गाउँपालिका- ४ चुलिवोझ बस्ने बर्ष १२ की करिश्मा ठाडा मगर (सवारी), बुलिङटार- ४ चुलिबोझ बस्ने बर्ष अ.४०/४५ की कमला वानटक्की (सवारी) मध्यविन्दु नगरपालिका २ मदनपुर बस्ने बर्ष १८ का चिरन आले रहेकाे र एक जनाकाे अझ पहिचान नखुलेमाे नवलपुर जिल्ला प्रहरीले जानकारी दिएको छ ।