images
images

आइतवार, जेठ ६ गते २०८१

आइसीसी विश्वकप क्रिकेट : आज दुई खेल हुँदै

आइसीसी विश्वकप क्रिकेट : आज दुई खेल हुँदै

images
images
images
शनिवार, कार्तिक २५ २०८०
शनिवार, कार्तिक २५ २०८०
  • आइसीसी विश्वकप क्रिकेट : आज दुई खेल हुँदै

    काठमाडौँ, २५ कार्तिक । 
    जारी आइसीसी विश्वकप क्रिकेटमा लिग समुहका अन्तिम चरणका खेल हुँदैछन् । अब लिग चरणका तीन खेल हुन बाँकी रहेका छन् । यसैबीच आज दुई खेल हुँदैछ । आज पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेशबीच खेल हुँदैछ । यो खेल पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा नेपाली समय अनुसार बिहान १०ः ४५ बजेदेखि शुरु हुनेछ ।

    images
    images
    images

    अस्ट्रेलिया यसअघि नै सेमीफाइनलमा पुगिसकेको छ र सेमीफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएकोले यस खेलको नतिजाले अस्ट्रेलियालाई कुनै फरक पर्ने छैन । तर बंगलादेशका लागि भने २०२५ को च्याम्पियन्स ट्रफीमा छनौटका लागि यो खेलको जित आवश्यक रहेको छ । अहिले बंगलादेश आठौ स्थानमा रहेको छ । 

    त्यसै गरी आज अर्को खेलमा पाकिस्तानले इङल्याण्डको सामना गर्ने छ । कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २ः १५ बजेदेखि हुने छ ।

    प्राविधिक रुपमा पाकिस्तानको सेमिफाइनल यात्राको सम्भावना भए पनि व्याबहारिक रुपमा भने सम्भव देखिदैन । पाकिस्तान सेमिफाइनलमा पुग्न इङल्याण्डलाई २८७ रन अन्तरले पराजित गर्नुपर्ने देखिन्छ भने इङल्याण्डले दिएको लक्ष्य बढीमा २२ बलमा चेज गर्नुपर्ने असम्भव अंक गणित रहेको छ । यसका लागि कुनै चमत्कार नै हुनुपर्ने देखिन्छ ।

    त्यस्तै इङल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिइसकेको छ भने हाल सातौं स्थानमा रहेकाले यो खेल हारे पनि च्याम्पियन्स ट्रफिमा स्थान बनाउने सम्भावना देखिएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij