
शुक्रवार , कार्तिक २४, २०८०
रुपन्देही, २४ कार्तिक ।
ड्रिम देवदह युनिटी फर चेन्जले देवदहका १२ वटै वडामा अभियन्ताहरु विस्तार गर्ने र वडास्तरीय सञ्जाल बनाउने अभियान सुरु गरेको छ । शुक्रबार देवदह नगरपालिका–७ स्थित कालिका मन्दिरमा वडा नम्बर ७ का अभियन्ताहरुको भेलामा धारणा राख्दै अभियान संयोजक सिद्धिचरण भट्टराईले उक्त अभियान सुरु गरेका हुन् ।
देवदह नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष कृष्ण प्रसाद अधिकारीको आतिथ्यतामा सम्पन्न भेलाले तेजु अर्यालको संयोजकत्वमा २५ सदस्यीय वडा अभियन्ता समूह बनाएको छ । भेलाको सह–संयोजकमा दिलकुमार विक रहेका छन् ।
अभियानको सदस्यहरुमा शंकर अधिकारी, शिशिर भट्टराई, अभिषेक आचार्य, सचिन शर्मा, अभिशेक थापा, एशिका मण्डल, मिलन विक, पुजा अधिकारी, मुना देवकोटा, दिपक चापागाई लगायत रहेका छन् ।
अभियन्ता भट्टराईका अनुसार यो सिर्जनात्मक क्रियाशीलताको अभियान हो र यो अभियानले हरेक वडामा देवदहलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन जागरण, साझेदारी र खबरदारीको भूमिकामा रहेर अभियान चलाउँछ ।
विगतमा पार्क सम्मेलन, पार्कमा कला अभियान मार्फत काष्ठ कला र मूर्तिकला राष्ट्रिय कार्यशाला, परम्परागत मेला प्रवद्र्धन, पर्यटन सूचना केन्द्र स्थापना, फोटो प्रदर्शनी, देवदह माटो परीक्षण अभियानहरु सञ्चालन गर्दै आएको छ । भेलाको सञ्चालन सचिव दिपेश बस्यालले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij