images
images

आइतवार, जेठ ६ गते २०८१

सिद्धार्थनगर–४ मा दोस्रो वडाकप क्रिकेट प्रतियोगिता सुरु

सिद्धार्थनगर–४ मा दोस्रो वडाकप क्रिकेट प्रतियोगिता सुरु

images
images
images
शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • सिद्धार्थनगर–४ मा दोस्रो वडाकप क्रिकेट प्रतियोगिता सुरु

    भैरहवा, २४ कार्तिक ।
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा शुक्रबारदेखि दोस्रो वडाकप टेनिसबल क्रिकेट प्रतियोगिता–२०८० सुरु भएको छ । सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा सुगरमिल मैदान, भैरहवामा उक्त प्रतियोगिता सुरु भएको कार्यक्रम संयोजक तथा वडा सदस्य सईद अहमद धुनियाले बताए ।

    images
    images
    images

    प्रतियोगिताको उद्घाटन गर्दैै समाजसेवी भैरव प्रसाद कलवारले सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले दोस्रोपटक क्रिकेट प्रतियोगिता आयोजना गरेको भन्दै खुसी व्यक्त गरे । उनले खेलकुदलाई शरीरलाई उर्जावान र सक्रिय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘राष्ट्रको गरिमा बढाउन खेलकुदको भूमिका महत्वपूर्ण छ, नेपाली खेलाडीले नेपालको गर्व गर्ने वातावरण बनाएका छन् । ’स्थानीयस्तरमा सञ्चालित यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने उनको भनाइ छ ।

    nnn.jpg

    त्यस्तै सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले अनुशासनमा रही खेल्न खेलाडीहरुलाई आग्रह गरे । उनले आगामी वर्ष क्रिकेट प्रतियोगिता सिद्धार्थ रंगशालामा सञ्चालन गर्ने बताए । 

    शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टीमको सहभागीता रहेको सिद्धार्थनगर–४ का वडा सदस्य तथा प्रतियोगिताको निर्णायक समिति संयोजक हरि बहादुर के.सी.ले बताए ।

    सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) को अध्यक्षता, समाजसेवी भैरव प्रसाद कलवारको प्रमुख आतिथ्यता, वडा सदस्य सईद अहमद धुनियाको स्वागत तथा कम्प्युटर अपरेटरको कल्पना खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्देश्यमाथि वडा सदस्य हरि बहादुर के.सी.ले प्रकाश पारेका थिए ।

    १२ ओभरको नकआउट प्रतियोगितामा विजेताले रु. १५ हजार ५ सय ५५ र उपविजेताले रु. १० हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

    शुक्रबार ढाक्रे क्लब ‘ए’ र ढाक्रे क्लब ‘बी’ भएको पहिलो खेलमा ढाक्रे क्लब ‘ए’ २ विकेटले विजयी भएको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले बताए । त्यस्तै कचरिहवा र सुपर–११ बीच भएको दोस्रो खेलमा २१ रनले कचरिहवा विजयी भएको वडाअध्यक्ष यादवले जानकारी दिए ।

     

    4ckt.jpg

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij