२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

अमेरिकाले रोक्यो तीन बर्षमा ६० लाख आप्रवासीलाई सिमानामा

शुक्रवार , कार्तिक २४, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • वासिंगटन डिसी, २४ कार्तिक । अमेरिकी राष्ट्रपतिमा जो वाइडेन नियुक्त भए देखी ६० लाख आप्रावासीलाई सिमाना रोकिएको छ । 

    अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासका अनुसार जनवरी २०२१ मा राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरे देखि करीव ६० लाख आप्रवासीहरूलाई उनीहरूलाई दक्षिणी सीमामा रोकेका हुन  ।

    अधिकारीहरूले गत मेदेखि यता मात्रै देशमा रहन मापदण्ड पूरा नगर्ने ३ लाख ५० हजार भन्दा बढी आप्रवासीहरूलाई फिर्ता (डिर्पोट) गरिएको छ । 

    जसका कारण अमेरिकामा अवैध आप्रवासन राष्ट्रपति जो बाइडेनका लागि प्रमुख राजनीतिक टाउको दुखाइ बनेको छ। यसका लागि रिपब्लिकन पार्टीले उनीमाथि लचिलो सीमा नीतिको आरोप लगाएको छ । 

    बाइडेनले मेक्सिकोसँगको सीमालाई बलियो बनाउन र अध्यागमन एजेन्टहरू, वकिलहरू र शरण अधिकारीहरू भर्ती गर्न कांग्रेससँग थप १३.६ बिलियन डलरको माग गरेका छन्।