images
images

आइतवार, जेठ ६ गते २०८१

श्रीलंकामाथि न्यूजील्याण्डको ५ विकेटको जीत

श्रीलंकामाथि न्यूजील्याण्डको ५ विकेटको जीत

images
images
images
बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • श्रीलंकामाथि न्यूजील्याण्डको ५ विकेटको जीत

    काठमाडौँ, २३ कार्तिक । न्यूजील्याण्डले श्रीलंकालाई पराजित गर्दै विश्वकपमा आफ्नो सेमीफाइनलको सम्भावना बलियो बनाएको छ । आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको बिहीबार सम्पन्न खेलमा न्यूजील्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २३.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै श्रीलंकाले ४६.४ ओभरमा १७१ रन बनाएर अलआउट भएको थियो ।

    यो न्यूजील्याण्डको यस विश्वकपमा पाँचौं जीत हो । यो जीतपछि न्यूजील्याण्ड ९ खेलमा १० अंकसहित चौथो स्थानमा कायम रहेको छ । अब न्यूजील्याण्डको सेमीफाइनलमा पुग्ने नपुग्ने निर्णय पाकिस्तान र अफगानिस्तानको अन्तिम खेलपछि हुनेछ ।

    अफगानिस्तानले आफ्नो अन्तिम खेल शुक्रबार दक्षिण अफ्रिकाविरुद्ध खेल्दैछ भने पाकिस्तानले आफ्नो अन्तिम खेल शनिबार इङल्याण्डविरुद्ध खेल्दैछ ।

    त्यस्तै यो हारपछि श्रीलंका २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा छनौट हुन असफल भएको छ । यस विश्वकपमा ९ खेलमा २ खेल जितेको र ७ खेलमा हार बेहोरेको श्रीलंकाको विश्वकप यात्रा समाप्त भएको छ ।
      

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij