
बुधवार , कार्तिक २२, २०८०
काठमाडौं, २२ कार्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको उपचारमा ध्यान दिन आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उनले अस्पतालमा उपचाररत घाइतेहरूको ध्यान दिन तथा प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले घाइतेको उपचार प्रक्रियालाई सहज एवं प्रभावकारी बनाउन, उनीहरूको उपचारमा संवेदनशील बन्न सरकारको तर्फबाट हरसम्भव प्रयास हुनुपर्नेमा जोड दिएका थिए ।
जाडोयामको प्रारम्भ अन्य रोगको प्रकोप बढ्नसक्ने भएकाले त्यसतर्फ पनि चनाखो हुन राष्ट्रपतिले मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij