२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

लुम्बिनीमा दानवापत ६४ लाख ७६ हजार संकलन

बुधवार , कार्तिक २२, २०८०

भैरहवा, २२ कार्तिक ।

मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०÷८१ अन्तर्गत पहिलो पटक बुधबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितिमा दानपेटिका खोलिएको थियो ।  

सोमबार पहिलो दिन २३ लाख ६६ हजार ४ सय २२, मंगलबार दोस्रो दिन २१ लाख ४९ हजार ५ सय ३८ र तेस्रो बुधबार तेस्रो दिन १९ लाख ६१ हजार रुपैयाँ संकलन भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको उनले बताए । दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरी गणनाको व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषका अनुसार पछिल्लो समय बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन ।