images
images

आइतवार, जेठ ६ गते २०८१

रामग्राम स्तूपको उत्खनन् सुरु 

रामग्राम स्तूपको उत्खनन् सुरु 

images
images
images
बुधवार, कार्तिक १५ २०८०
बुधवार, कार्तिक १५ २०८०
  • रामग्राम स्तूपको उत्खनन् सुरु 

    परासी, १५ कार्तिक । 
    भगवान गौतमबुद्धको अस्थिधातु रहेको प्राचीन रामग्राम स्तूपको उत्खनन् सुरु गरिएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनी गाउँमा अवस्थित स्तूपाको करिब २० वर्षपछि दोस्रोपटक बुधबारदेखि उत्खनन् सुरु गरिएको हो । 

    images
    images
    images

    फ्रान्सको ओरेन्टिल कल्चरल हेरिटेज साइट प्रोटेक्सन एलाइन्सको आर्थिक सहयोगमा लामो समयको अन्तरालपछि सुरु गरिएको उत्खनन् टोलीमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको संलग्नता रहेको पुरातत्व विभागका पुरातत्व शाखा प्रमुख भाष्कर ज्ञवालीले जानकारी दिए ।

    आगामी नोभेम्बर २८ सम्म उत्खनन कार्य जारी रहने उनले बताए । उत्खनन् टोलीले स्तूपाको उत्तर पश्चिममा रहेको खुल्ला चौरमा उत्खनन सुरु गरेको छ । यसअघि भू–भौतिक सर्वेक्षणबाट उक्त क्षेत्रमा जमिनको सतहमुनी देखिएका  संरचनाको पुष्टि गर्न उत्खनन् थालिएको पुरातत्वविद् ज्ञवालीले बताए ।

    सन् २०१८ र २०१९ मा गरिएको जियो फिजिक्स सर्भेका क्रममा स्तूपको उत्तर पश्चिमतर्फको खाली जमिनमा ठूलो क्षेत्रफलमा फैलिएको विहार र पोखरी रहेको देखाएको थियो । सोही संरचनालाई उजागर गरी प्रमाणित गर्न यसपटकको उत्खनन्ले टेवा पुग्ने बताइएको छ । पोखरी करिब ३०/४० मिटर र बिहार ४०/६० मिटरमा फैलिएको पहिचान भएको थियो ।

    सन् २०१० देखि लुम्बिनीको उत्खननमा संलग्न दुरहाम विश्वविद्यालयका प्रोफेसर डा.रविन कनिङघमको नेतृत्वमा पुरातत्व विभागका पुरातत्वविद भाष्कर ज्ञवाली, लुम्बिनी विकास कोषका पुरातत्वविद हिमाल उप्रेती लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु रामग्रामको उत्खननमा संलग्न छन् । टोलीले २ मिटर चौडाई र ४० मिटर चौडाई टे«न्च लिएर उत्खनन थालिएको ज्ञवालीले बताए ।

    पुरातत्व विभाग र लुम्बिनी विकास कोषसँग पटकपटकको पहलपछि रामग्राम स्तूपको उत्खनन कार्य सुरु भएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए ।  स्तूपको उत्खनन र विकासका लागि आफूले निरन्तर पहल गरिरहेको नगरप्रमुख यादवले उल्लेख गरे । यस उत्खनन्ले रामग्राम स्तूपलाई विश्व समुदायमा प्रमाणित गर्न र विश्व सम्पदा सूचीमा सूचीकृतका लागि यथेष्ट प्रमाण संकलन हुने विश्वास गरिएको उनले बताए ।

    इतिहासविद् डा. डब्लु होइद्वारा पत्ता लगाइएको रामग्राम स्तूप क्षेत्रमा यसअघि सन् १९९७, १९९९ र २०१८ मा गरी तीनपटक जियो फिजिक्स सर्भे भएको थियो । सन् १९९७ र १९९९ मा गरिएको जियो फिजिक्स सर्भेबाट स्तूप क्षेत्र वरपर विहार देखिएपछि पुरातत्वविद् शुक्रसागर श्रेष्ठको नेतृत्वमा सन् १९९९ देखि २००४ सम्म विभिन्न चरणमा रामग्रामको उत्खनन् गरिएको थियो । 
    त्यसबखत स्तूपको उत्तर, पश्चिम र पूर्वमा उत्खनन् गर्दा बौद्ध विहार तथा मौर्यकालीन संरचना फेला परेको थियो । त्यसपश्चात लामो समयदेखि रामग्रामको उत्खनन हुन सकेको थिएन ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij