२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

कोरियामा ग्रामीण क्षेत्रमा जनसंख्या विकेन्द्रीकरणका लागि सरकारको चासो

मंगलवार , कार्तिक १४, २०८०

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • सिओल, १४ कार्तिक ।
    दक्षिण कोरियाको ख्यँसानबोग्दो प्रान्तले घट्दो जनसंख्या नियन्त्रण तथा वृद्धिका लागि सुझाव संकलन कमिटी गठन गरेको छ । प्रान्तले स्वदेशी तथा आप्रवासीहरु राजधानी केन्द्रीत हुनबाट रोक्न सुझाव संकलन गरी राष्ट्रपति समक्ष पेश गर्ने बताइएको छ ।

    प्रान्तका प्रमुखको अध्यक्षतामा गठित २२ सदस्यीय कमिटीमा आप्रवासीलाई ग्रामीण क्षेत्रमा आकर्षित गर्ने सुझाव संकलनका लागि नेपाली डाक्टर राजेश चन्द्र जोशी पनि सदस्यमा चयन भएको बताए ।

    छिमेकी देश जापानमा जस्तै कोरियामा पनि जनसंख्या शहर केन्द्रीत हुने समस्या चिन्ताको विषय बनेको डा. जोशीको भनाइ छ ।
    कोरियाली र आप्रवासीकाबीचमा समान योग्यताअनुसार समान अवसर नपाइने, विभेद, विद्यार्थीका लागि ग्रामीण क्षेत्रमा रोजगारीको अभाव लगायतका कारण ग्रामीण क्षेत्रमा विदेशी विद्यार्थी बस्न रुची नराख्ने गरेको उनी बताउँछन् ।

    395855005_3645436502400757_449254238345783949_n.jpg

    यसका साथै आप्रवासी श्रमिकका विषयमा पनि राजधानी वरिपरी प्राप्त सुविधा ग्रामीण क्षेत्रमा के के भएमा आकर्षित गर्न सकिन्छ भन्ने विषयमा नेपाली श्रमिकहरुसँग सुझाव संकलन गरी कमिटीमा पेश गर्ने जोशीले बताए । कोरिया सरकारले ग्रामीण क्षेत्रमा घट्दो जनसंख्याका कारण उत्पन्न श्रमिक अभावलाई पूर्ति गर्न भिषामा सहजता प्रदान गर्दै गएको छ ।